• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जनकल्याण युवा क्लबद्वारा संचालित एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको श्री जनकल्याण युवा क्लबद्धारा संचालित एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ गरिएको छ ।  प्रदेशसभाका सांसद हिरानाथ खतिवडा, पुर्वसभासद राममाया बोगटी लगायतले एम्बुलेन्स चालक अर्जुन पराजुलीलाई साँचो हस्तान्तरण गर्दै एम्बुलेन्सको औपचारिक उद्घाटन गरेको हुन ।

कार्यक्रममा प्रदेशसभाका सदस्य हिरानाथ खतिवडाले गाउँको आवश्यकता पहिचान गरेर एम्बुलेन्स खरिद गर्नु निकै राम्रो काम भएको बताए । पूर्वसभासद उत्तरगया क्षेत्र वृहत संगठनकी अध्यक्ष राममाया बोगटीले गाउँमा एम्बुलेन्स संचालन गर्नु मात्र ठुलो कुरा नभएको भन्दै त्यसलाई निरन्तर र दिगो रुपमा संचालन गर्नु मुख्य चुनौती रहेको बताइन । 

 नेपाल ड्रिम पाथ ट्रेक्सका अध्यक्ष एवं क्लवका सदस्य दामोदर प्याकुरलले एम्वुलेन्स सेवाका लागी विशेष पहल र सहयोग गरेका थिए भने गाउँका ६० भन्दा बढी स्थानियबासी आर्थिक सहयोगमा एम्बुलेन्स खरिद गरिएकोे क्लबका अध्यक्ष भिमसेन बोगटीले जानकारी दिए । त्यस्तै एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष एवं क्लवका  सचिव रामशरण प्याकुरेल, उपाध्यक्ष नारायण प्याकुरेल लगाएत क्लवका पदाधिकारीहरुले सामाजिक कार्यमा स्थानीय गरेको सहयोग प्रति आभार व्यक्त गर्दै क्लवले आगामी दिनमा सामाजिक कार्यलाई निरन्तरता दिने बताए ।  नेपाल ड्रिम पथ ट्रेकका अध्यक्ष एवं क्लवका सदस्य दामोदर प्याकुरलले पनि एम्वुलेन्स सेवाका लागी विशेष पहल र सहयोग गरेका थिए । 

संस्थाले बिगत २२ बर्षदेखि स्थानीयस्तमा बिभिन्न कार्यक्रमहरु जस्तै शिक्षा, स्वास्थ्य खेलकुद, मानवअधिकारका साथै जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

बिसं २०५३ सालमा नुवाकोटमा स्थापना गरिएको क्लव विसुद्ध मानवीय एवं सामाजिक सेवामा समर्पित सामाजिक संस्था हो । सामाजिक बिकासको क्षेत्रमा दुईदशकअघिदेखि निरन्तर क्रियाशिल रहदै आएको क्लव आफ्नो प्रगतिशील उदेश्य प्राप्तीको अभियानमा अघि बढिरहेको छ ।

एम्वुलेन्स सेवालाई सस्तो सरल र भरपर्दो र व्यवस्थीत गर्न तथा सेवामा जनताको पहुँच बढाइ सेवाको गुणस्तरवृद्धि गर्नु अहिलेको आवश्यकता रहेको क्लवले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर