• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दिगो विकास लक्ष्य पुरा होला ?

बिसं २०७६ असार ६ मा सरकारको तर्फबाट राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य २०१६–२०३० को लागि लागत अनुमान सार्वजनिक गरेको थियो । जसमा दिगो विकास लक्ष्यका उद्देश्यहरु पूरा गर्न वर्षको औसत वार्षिक २० खर्ब २५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको आकंलन छ । दिगो विकास सन् २०१६ देखि कार्यान्वयनमा आएको हो र यो सन् २०३० मा सकिनेछ । 

सन् २०१५ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभाद्वारा पारित दिगो विकासको लक्ष्य सबै सदस्य मुलुकले भेट्टाउनुपर्ने हुन्छ । यो अवधिमा मध्यम आय भएका विकासशील राष्ट्रमा स्तरोन्नति भइसक्ने नेपालको लक्ष्य छ । दिगो विकास लक्ष्यको मूख्य विशेषता ‘कसैलाई पछाडि नछाड्ने प्रतिवद्धता’ हो । 

लक्ष्य 

यसका कूल १७ लक्ष्य छन । जसमा गरिबी अन्त्य गर्ने, शुन्य भोकमरी स्थीति बनाउने, स्वास्थ्य र समुन्नत समाज निमार्ण गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्नेछ । यसको अलावा लैंगिक समानता, स्वच्छ पानी तथा सरसफाइ, स्वच्छ ऊर्जामा सहज पहुँच, मर्यादित रोजगार तथा आर्थिक वृद्धि, उद्योग, पूर्वाधार र नविन सिर्जना, असमानता न्यूनिकरण लगायतका लक्ष्य राखिएको छ ।

त्यस्तै दिगो शहर र समुदाय, जिम्मेवारीपूर्ण उपयोग र उत्पादन, जलवायु परिवर्तनमा तत्काल पहल, जलमुनीको जैविक विविधता संरक्षण, जमिनमाथिको जैविक विविधता संरक्षण, शान्ती, न्याय र सशक्त संस्था, लक्ष्य प्राप्तीका लागि साझेदारीका विषय पनि दिगो विकासको उपलब्धीमा राखिएको छ ।

 

सरकारले औसत वार्षिक ८ खर्ब ९१ अर्ब रुपैयाँ जोहो गर्न सक्ने आँकलन छ । दिगो विकास लक्ष्यको अन्तिम चारवर्षमा सरकारले औसत वार्षिक १५ खर्ब ४ अर्ब रुपैयाँ लगानी गर्नुपर्छ । त्यसबेला सरकारसँग वार्षिक १३ खर्बको स्रोत उपलब्ध हुने अनुमान छ ।

 

लगानी

वार्षिक औसत लगानीमा सरकारी योगदानको हिस्सा ५४.७ प्रतिशत अर्थात ११ खर्ब ११ अर्ब रुपैयाँ हुनेछ ।  निजी क्षेत्रले वार्षिक ७ खर्ब ३९ अर्ब औसतः खर्च गर्दा दिगो विकास लक्ष्य हासिल हुनेछ । त्यसबाहेक सहकारी र गैर–कारकारी संस्था तथा घरपरिबारबाट क्रमशः वार्षिक औसतः ८६.६ अर्ब र ८८ अर्ब लगानी हुने योजना आयोगको आंकलन छ ।

तर,आंकलन गरेअनुसार खर्च गर्न भने सरकारलाई स्रोत अपुग हुने आयोगले उल्लेख गरेको छ । खासगरी आन्तरिक उत्पादन र राजस्व संकलनबाट जुट्ने लगानी आवश्यकताको तुलनामा वार्षिक औसत २ खर्ब १८ अर्ब रुपैयाँ अपुग हुने आयोगको अनुमान छ ।

सरकारले औसत वार्षिक ८ खर्ब ९१ अर्ब रुपैयाँ जोहो गर्न सक्ने आँकलन छ । दिगो विकास लक्ष्यको अन्तिम चारवर्षमा सरकारले औसत वार्षिक १५ खर्ब ४ अर्ब रुपैयाँ लगानी गर्नुपर्छ । त्यसबेला सरकारसँग वार्षिक १३ खर्बको स्रोत उपलब्ध हुने अनुमान छ ।

निजी क्षेत्रमा स्रोत अभाव अझ बढी हुनेछ । विदेशी लगानी नआएको वर्तमान समयमा निजी क्षेत्रले आफ्नो हिस्सा अनुसार लगानी गर्न सक्दैन । योजना आयोगका अनुसार निजी क्षेत्रले १५ वर्षसम्म औसत वार्षिक सात खर्ब ३९ अर्ब लगानी गर्नुपर्ने हुन्छ, स्रोत भने केवल तिनखर्ब ७३ अर्ब मात्र छ । वार्षिक औसत तीन खर्ब ६६ अर्ब रुपैयाँ स्रोत अभाव हुने देखिएको छ ।

वार्षिक आर्थिक वृद्धि

दिगो विकास लक्ष्यका अवधिमा वार्षिक आर्थिक वृद्धि ८.६७ प्रतिशत रहने अनुमानका आधारमा लागत अनुमान गरिएको छ । कूल गार्हस्थ उत्पादनमा राजस्वको अनुपात २७ प्रतिशत रहने अनुमानका आधारमा समेत लागत अनुमान गरिएकोे बताइएको छ ।


क्षेत्रगत रुपमा वार्षिक लगानी कति ? 

गरिबी निवारण रु १५३ अर्ब
श्रम तथा पर्यटन रु ५६.८ अर्ब
कृषि रु ११८ अर्ब
स्वास्थ्य रु १३४ अर्ब
शिक्षा रु ३०६.२ अर्ब
लैंगिक समानता रु १५.६ अर्ब
खानेपानी र सुरसफाइ रु ७६.७ अर्ब
उर्जा रु २६०.४ अर्ब
यातायात, उद्योग रु ६१३.८ अर्ब
शहरी पूर्वाधार रु १६८ अर्ब
जलवायु परिवर्तन रु २५.६ अर्ब
वन रु ३७.४ अर्ब
सुशासन रु ५३.९ प्रतिशत

दिगो विकास लक्ष्यले तोकेका १७ उपलब्धी

दिगो विकास लक्ष्यका उपलब्धीमा गरिबी अन्त्य, शून्य भोकमरी, स्वास्थ्य र समुन्नत समाज, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी तथा सरसफाइ, स्वच्छ ऊर्जामा सहज पहुँच, मर्या्दित रोजगार तथा आर्थिक वृद्धि, उद्योग, पूर्वाधार र नविन सिर्जना, असमानता न्यूनिकरणलाई राखिएको छ ।

त्यस्तै दिगो शहर र समुदाय, जिम्मेवारीपूर्ण उपयोग र उत्पादन, जलवायु परिवर्तनमा तत्काल पहल, जलमुनीको जैविक विविधता संरक्षण, जमिनमाथिको जैविक विविधता संरक्षण, शान्ती, न्याय र सशक्त संस्था, लक्ष्य प्राप्तीका लागि साझेदारीका विषय पनि दिगो विकासको उपलब्धीमा राखिएको छ ।

अनुत्पादक क्षेत्रबाट प्राथमिकता प्राप्त क्षेत्रमा सार्वजनिक खर्चको परिचालन, रोजगारी उन्मुख समावेशी आर्थिक वृद्धिका लागि समष्टिगत आर्थिक तथा क्षेत्रगत नीति तर्जुमा, विकास सहायतामा बढोत्तरी तथा उचित प्रयोग र उत्पादनशील क्षेत्रमा परिचालन तथा वैदेशिक लगानी, निजी सहकारी र अन्य क्षेत्रको लगानी प्रोत्साहन गरेर स्रोत जुटाउने लक्ष्य सरकारको छ ।

 

कसरी जुट्छ लगानी ?

आयोगले स्रोत जुटाउन वित्तीय रणनीति समेत सार्वजनिक गरेको छ । आयोगका अनुसार स्रोतमा सबभन्दा ठूलो हिस्सा आन्तरिक स्रोत परिचालनबाट हुनेछ । त्यसमा प्रगतिशील कर, करको दायरा फराकिलो बनाउने, निजी क्षेत्र तथा अन्य क्षेत्रलाई लगानीमा प्रोत्साहन, सार्वजनिक निजी साझेदारी, वैदेशिक लगानी र वित्तीय दायराको विवेकपूर्ण उपयोगलाई प्राथमिकता दिइने भएको छ ।

प्रदेश र स्थानीय तहको भूमिका दिगो विकास लक्ष्य प्राप्तीमा अझ महत्वपूर्ण हुने आयोगले उल्लेख गरेको छ । तल्ला सरकारहरुमा स्रोत परिचालन गर्न राजस्व प्रशासन प्रणालीमा सुधार, राजस्व संकलनमा सूचना प्रविधि प्रयोग, राजस्वका आधार विस्तार, आयोजना चयन र निर्माणमा उपभोक्ता समूह परिचालन, सार्वजनिक–निजी साझेदारी र स्थानीय ऋण परिचालन रणनीति अपनाउने तयारी छ ।

अनुत्पादक क्षेत्रबाट प्राथमिकता प्राप्त क्षेत्रमा सार्वजनिक खर्चको परिचालन, रोजगारी उन्मुख समावेशी आर्थिक वृद्धिका लागि समष्टिगत आर्थिक तथा क्षेत्रगत नीति तर्जुमा, विकास सहायतामा बढोत्तरी तथा उचित प्रयोग र उत्पादनशील क्षेत्रमा परिचालन तथा वैदेशिक लगानी, निजी सहकारी र अन्य क्षेत्रको लगानी प्रोत्साहन गरेर स्रोत जुटाउने लक्ष्य सरकारको छ ।

तर, जुटला त लगानी ?

सरकारको तर्फबाट अगाडि सारिएका यी सामान्य सुधारका उपायहरुले न त लगानी जुट्दछ, न त लक्ष्य नै भेटने संभावना छ । सरकारले सोचे जस्तो सामान्य सुधारले बर्तमान अर्थतन्त्रले तिब्र गति लिन सक्ने अवस्था नै छैन । नेपालको अर्थतन्त्र अहिले केही गम्भिर प्रकृतिका समस्याबाट गुज्रीरहेको छ । पहिलो हाम्रो अर्थतन्त्रले उत्पादनको चरित्र निरन्तर गुमाइरहेको छ । जसले निम्न समस्या जन्माइ रहेको छ । 

क. ब्यापार घाटा  ख. बेरोजगारी  ग.युवा पलायन  घ.ग्रामीण अर्थतन्त्रको करिव करिव बिगठन

दोस्रो, अर्थतन्त्रको चावी दलाल नोकरशाही पुँजीपतीको हातमा रहनु हो । जस्ले निम्न समस्या पैदा गरेको छ । 

क. उत्पादकत्वको बिनास  ख.राष्ट्रिय पुँजी निर्माणमा अबरोध  ग.राष्ट्रिय पुँजीपति बर्गको पलायन

तेस्रो, राष्ट्रिय बचतको नाजुक अवस्था र लगानी योग्य पुँजीको अभाव रहेको छ ।

चौथो, भ्रष्टाचार र अनौपचारिक अर्थतन्त्रको बढौत्तरी रहेको छ ।

पाँचौ, खर्च गर्ने संरचनाको दुरुह अवस्था रहेकै कारण पुँजीगत खर्चको नाजुक अवस्था रहेको छ ।

 

दिगो बिकासको लक्ष्य भेटाउन अर्थतन्त्रको बर्तमान संरचनामा आमुल परिबर्तनको बिकल्प छैन । २०६३ सालदेखि हामीले उत्पादन बढाउन पब्लिक प्राइभेट पाटनरसिपको नारा खुबै लगायौ । तर, तेह्र बर्षमा उदाहरण दिन लायकको कुनै एउटा काम भएन ।


के हो त समाधान ?
दिगो बिकासको लक्ष्य भेटाउन अर्थतन्त्रको बर्तमान संरचनामा आमुल परिबर्तनको बिकल्प छैन । २०६३ सालदेखि हामीले उत्पादन बढाउन पब्लिक प्राइभेट पाटनरसिपको नारा खुबै लगायौ । तर, तेह्र बर्षमा उदाहरण दिन लायकको कुनै एउटा काम भएन । बितेका तेह्र बर्ष नारा लगाएरै बिते । यसले के प्रमाणीत गर्दछ भने उत्पादनको क्षेत्रमा राज्य अगाडि नआइकन केही हुनेवाला छैन ।

समाजबाद उन्मुख राज्य संरक्षित औद्योगिक पुँजीबादको बिकास गर्नु नै समस्याको समाधान हो । नीतिगत परिवर्तन बिना नारा लगाएकै भरमा दिगो बिकासको लक्ष्य पुरा हुदैन बेलैमा चेतना भया । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर