• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनि

काठमाडौै । कलाको सुन्दरतम् विधा चित्रकलामा यतिखेर शहरका तिनै पुस्ता झुम्मिएका छन् । ३ असार बाट आर्ट काउन्सिलमा चलिरहेको चित्रकलाकला प्रर्दशनिमा नाति, बुबा र हजुरबुवाका पुस्ताका पेन्टिगंहरु हेर्न सकिन्छ । 

चित्रकला प्रर्दशिनमा, अलफ्रेस्को मिडीया एन्ड इभेन्टले आयोजना गरेको यो मेलामा १ हजार वटा चित्रकला प्रर्दशिनमा राखिएकाछन् । प्रर्दशनिमा करिब ७० भन्दा धेरै विद्यालयका विद्यार्थी, व्यवसायीक तथा अर्ध व्यवसायीक रुपमा पेन्टिगं गर्दै आएका कलाकारहरुका पेन्टिगं प्रर्दशनीमा राखीएका छन् । सबै उमेर समुहका कलाकारलाई अवसर प्रदान गर्दै हौसला दिन उदेश्यले नाती पुस्तादेखि बाजे पुस्तासम्मका चित्रकला प्रर्दशनीमा राखिएको बताउँछन अलफ्रेस्को मिडियाका कार्यकारी अधिकृत श्याम के श्रेष्ठ ।

अलफ्रेस्को मिडियाले सन् २००८ देखी नै विभिन्न पुस्ताका चित्रकारहरुलाई एकै ठाउँमा समेट्दै कला प्रर्दशनी गर्दै आएको छ । प्रर्दशनीमा राखिएका चित्रकला खरिद गर्ने सुविधा पनि छ । प्रर्दशनिमा १ हजार देखि ५ लाख रुपैयाँ मूल्य ताेकेर पेन्टिग विक्रिमा पनि राखिएका छन् । 

निःशुल्क प्रवेशको व्यवस्था रहेको प्रर्दशनी १२ असार सम्म चल्ने छ । बिहान १० बजे देखि साँझ ६ बजेसम्म खुल्ला रहने प्रर्दशनिमा दैनिक करिब २ हजार अवलोकन कर्ताले अवलोकन गर्ने गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर