• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विश्वकप क्रिकेट : बंगलादेशको तेस्रो जित, अफगानिस्तान बाहिरियो, आज पुराना प्रतिद्वन्द्वीको महाभिडन्त

बंगलादेशले आइसीसी एकदिवसिय विश्वकपमा तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हरायो । यो हारले अफगानिस्तान विश्वकपबाट बाहिरीएको छ ।

साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा सात विकेट गुमाउँदै २६२ रन बनाएको थियो । जवाफमा अफगानिस्तान ४७ ओभरमा २०० रनमा अलआउट भयो ।  जितसँगै ब‌गलादेशले सात अङ्क बनाएको छ । यसका साथै उसले सुपरसिक्सको सम्भावना पनि बलियो बनाएको छ ।  

प्रतियोगीता अन्तर्गत आज क्रिकेटका सबैभन्दा पुराना प्रतिद्वन्द्वी इंग्ल्याण्ड र अस्ट्रेलिया जारी एकदिवशीय विश्वकप अन्तर्गत प्रतिष्ठित लर्डस मैदानमा आमने सामने हुनेछन् ।

विश्वकपको सेमिफाइनलका दावेदार टोलीहरुबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । इंग्ल्याण्डले ६ खेलमा ४ जित हासिल गरेको छ । अष्ट्रेलियाका लागि पनि सुरुआती ब्याट्सम्यान र बलरहरुको उत्कृष्ट प्रदर्शन सुखद पक्ष हो । उसले ६ मध्ये ५ खेलमा स्पष्ट जित हासिल गरिसकेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर