• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

छात्राहरुका लागि आत्मरक्षाको तालिम

जनकपुरधाम । बलात्कार तथा महिला हिंसाका घटनाहरु दिन दिनै बढ्न थालेपछि प्रदेश दुई सरकारले प्रदेशभरी विद्यालय जाने किशोरीहरुलाई आत्मरक्षा तालिम दिन शुरु गरेको छ । विद्यालयमा कक्षा ८ देखि कक्षा १२सम्म पढ्ने किशोरीहरुलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको हो । 

प्रदेश दुई सरकारले संचालनमा ल्याएको किशोरीहरुको आत्म रक्षा तालिमको एक कार्यक्रम बिच उदघाटन गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र सामाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्त रुपमा सो तालिमको उदघाटन गरेका हुन् । महिला हिंसा बिरुद्ध हाम्रो संकल्प, खेलकुदमा सहभागिता उत्तम विकल्प नाराका साथ शुरु गरिएको तालिममा प्रदेश भरीका कूल ६४ विद्यालयका छात्राहरुलाई आत्मरक्षाको तालिम दिइने छ । प्रदेश सरकारले प्रत्येक जिल्लाको ८ वटा विद्यालयमा यो कार्यक्रम संचालनमा ल्याएको हो । 

तालिमको उदघाटन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री यादवले आत्मरक्षाको तालिमपछि चेली छोरीहरु महिला हिंसाका घटनाहरु निर्मूल पार्न सक्षम हुने विश्वास व्यक्त गरे । उनले महिला हिंसाका घटनाहरु बढ्न थालेपछि त्यसलाइृ निर्मूल पार्नकै लागि यो कार्यक्रम प्रदेश सरकारले ल्याएको जानकारी दिए ।  

६४ वटै विद्यालयमा किशोरीहरुलाई १५ दिनसम्म आत्मरक्षाको तालिम दिइने छ । नेपाल क्युकोसिन बुदो कराते प्रदेश दुईका प्रमुख असगर खाँ नेतृत्वको प्रशिक्षण टोलीले आत्मरक्षाको तालिम दिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर