• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

तालिबानद्वारा कब्जा जिल्ला फिर्ता

माइमाना । अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला फिर्ता गराएको छ । 

उत्तरी अफगानिस्तानको फार्याब प्रान्तमा अवस्थित सो जिल्लामा यसअघि तालिबानले कब्जा जमाएका थिए । उक्त प्रान्तका प्रान्तीय गभर्नरले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएका समाचारमा जनाइएको छ ।उक्त जिल्ला तालिबानबाट फिर्ता गराउनका लागि यहाँको सरकारी सुरक्षा फौजले जमिन र हवाई आक्रमण गरेको थियो । तर विगतमा सम्भव भएको थिएन ।

तर मङ्गलबार बिहानैदेखि सुरक्षा फौजले थालेको एक विशेष प्रकारको ‘अप्रेसन’ पछि आज नै सो जिल्ला सरकारले नियन्त्रणमा लिन सफल भएको उक्त विज्ञप्तिमा जानकारी गराइएको छ । 

सरकारले पुनः आफ्नो नियन्त्रणमा लिएको सो जिल्लामा ठूलो संख्याका प्रहरी रहने छन् । यहाँका नागरिकलाई शान्ति सुरक्षाको सुनिश्चितता गर्न उक्त क्षेत्रमा ठूलो संख्याका प्रहरी रहने जानकारी उक्त प्रान्तका प्रान्तीय गभर्नरद्वारा जारी गरिएको विज्ञप्तिमा जानकारी दिइएको छ ।

तर सो विज्ञप्तिमा उक्त जिल्लामा भएको कारबाहीका क्रममा के कति नागरिकको ज्यान गएको छ वा छैन भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

उक्त जिल्लासहित सो फार्याब प्रान्तमा दिगो शान्ति सुरक्षा कायम राख्नका लागि यहाँको सरकारी सुरक्षाकर्मीहरुले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पनि बताएका छन् । 

उक्त बिलचिराग जिल्लामा यहाँका तालिबानहरुले करिब दुई वर्षदेखि शासन गर्र्दै आएका थिए । यस जिल्ला तालिबानको कब्जाबाट फिर्ता यहाँको सरकारी सुरक्षा फौजले पटक पटक प्रयास गर्दै आएको थियो ।तर सो प्रयास मङ्गलबार मात्र सफल भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर