• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

काँग्रेस सभापतिले प्रचण्डलाई भावी प्रधानमन्त्री भनेपछि...

देशको विकासमा काँग्रेसलाई पनि संगै लिएर जानुपर्छ–प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको बिकास, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काँग्रेस संग मिलेर जानुपर्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाको चौथो नगर सभालाई आज भरतपुरमा संवोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको वाँकी काम र बिकासका एजेण्डामा काँग्रेससंग मिलेर अघि बढ्नु बाध्यात्मक अवस्था रहेको बताए । ‘हामीले नचाहेपनि मिल्नैपर्छ, टिआरसीका काम वाँकी छन् । केपीजी, शेरवहादुरजी र म पटक–पटक छलफल गरिरहेका छौं,’ प्रचण्डले भने ।

स्थानीय चुनावमा पनि तालमेल गरेकाले चितवनमा काँग्रेससंग अझ बिशेष सम्वन्ध रहेको प्रचण्डले चर्चा गरे ।

काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले कार्यक्रममा प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा ब्याख्या गरेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले यसको धेरै चर्चा गरेमा झन समस्या आउन सक्ने बताए ।
ठट्यौली शैेलीमा मन्तव्य राख्दै प्रचण्डले भने, ‘जीतनारायणजीले प्रधानमन्त्री हुन लागेको भनि भन्नुभयो , हुन लाग्यो भनेर धेर चर्चा गर्यो भने झन हुने कुरा पनि फुस्किन सक्छ ।’

भरतपुर महानगरपालिकाले अघि सारेको बजेटका सन्दर्भमा टिप्पणी गर्दै प्रचण्डले यसको कार्यान्वयमा जोड दिए । भ्रष्टचार रहित स्थानीय सरकार सञ्चालनमा ध्यान दिन उनले स्थानीय जनप्रतिनिधीहरुलाई आग्रह समेत गरे ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर