• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

'विप्लव समूहका नेता ढिलो चाँडो नेकपामा आउँछन्'–प्रचण्ड

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिएका छन् ।

 भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा काङ्ग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

उनले भने, “हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ, प्रधानमन्त्री केपी ओली,  शेरबहादुरजी र मेरोबीचमा लगातार छलफल भइरहेको छ ।” अध्यक्ष दाहालले भने , “हामी एक्लै हिड्न सक्ने अवस्थामा छैनौँ, शान्ति पक्रियामा मिलेर ग¥यौँ, संविधान मिलेर ल्यायौँ, हामी एउटै डुङ्गामा यसरी चढेका छौँ, त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनुबाहेक केही होइन ।” 

अध्यक्ष दाहालले नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाका नेता ढिलो चाँडो आफ्नै पार्टीमा आउनेमा विश्वास व्यक्त गर्दै भन्नुभयो,भने,  “जसरी साथहरु फर्किरहनुभएको छ त्यसरीनै विप्लवजी आउनु हुन्छ ।” 

 ‘कमरेड तपाईले हामीलाई काठमाडौं त लिएर आउनुभयो तर, मलाई चाहिँ अनुभूति के भयो भने नुवाकोटको भर्खरको तामाङ केटीलाई काठमाडौं लगेर बिहे गर्छु भनेर बम्बई पुर्‍याएको जस्तो महसुस भयो ।’ उनले भने । 

शान्ति सम्झौतापछि दुई वर्षसम्म चन्द आफ्नो सचिवालयको मुख्य सचिवको रुपमा रहेर काम गरेको स्मरण गर्दै उहाँले चन्दमा केही असन्तुष्टि भने त्यतिबेला पनि देखिएको बताए । 

उनले  पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन नदिने विश्वास दिलाए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर