पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५४ लाख रुपैंयाँ

अन्नपूर्णको बजेट ५८ करोड, भोटेकुकुर संरक्षण गर्न २ लाख

पोखरा । देशकै ठुलो महानगरपालिका पोखरा महानगरपालिकाले आर्थिक वर्ष ७६÷७७ को लागि ७ अर्ब ५४ लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको लागि सो बजेट प्रस्तुत गरीन् । 

बजेटले महानगरको पूर्वाधार, कनेक्टिङ सडक, भवन निर्माण, खानेपानी, ताल संरक्षण, स्मार्ट सिटि, आकाशे पुल, पातलेछागोंमा सिसाको पुल लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट सार्वजानिक गरेको छ । 
महानगरले संस्थागत क्षमतामा बिकास गरि सुशासन प्रबद्धन गर्ने, आन्तरिक श्रोतको अधिकतम परिचालन गर्ने, आर्थिक भौतिक सामाजिक पुर्वाधार विकास गर्ने, पर्यटन क्षेत्रको विकास, स्वच्छ शिक्षा पुर्वाधारमा विकास, कृषि क्षेत्रको आधुनिकिकरण प्राथमिकतामा राखेर बजेट सार्वजानिक गरिएको हो ।

बजेट मध्ये संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख ८० हजार रुपैंया रहेको छ, गण्डकी प्रदेश सरकारबाट ४७ करोड ९६ लाख ७३ हजार रुपैंया रहेको छ । महानगरको आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख रुपैंया रहेको छ । 
यसैगरी बजेटमा नपुग हुने ६८ करोड ५० लाख रुपैंया मध्ये वैदेशकि ऋण, अनुदानबाट १० करोड, जनसहभागिताबाट ३६ करोड ५० लाख, चालु आर्थिक वर्षबाट रहने जाने मौज्दातबाट २२ करोड रुपैंया ब्यहोरिने छ । 

नेपाल सरकारबाट प्राप्त हुने रकमबाट प्राप्त हुने रकम मध्ये वित्तिय समानिकरण अनुदानतर्फ ६० करोड २ लाख रुपैंया, सर्सतअनुदान बाट १ खर्ब १७ करोड २७ लाख, विशेष अनुदान १५ करोड, समपुरक अनुदानबाट १७ करोड ५० लाख, राजस्व बाँडफाँटबाट ४१ करोड ९९ लाख, सामाजिक सुरक्षामा ६० करोड, सडक बोर्डमा ३ करोड, सहरी स्वास्थ्य पुर्वाधारमा ५ करोड, सांसद विकास कोषबाट १२ करोड र प्रधानमन्त्री स्वरोजकार कार्यक्रमबाट २ करोड प्राप्त हुने जानकारीदिए । 

प्रदेश सरकारबाट प्राप्त २ करोड १४ लाख ४४ हजार, सर्सतअनुदानबाट २ करोड, विशेष अनुदानबाट १२ करोड, समपुरक अनुदानबाट २० करोड, राजस्व बाँडफाँडबाट ३ करोड ८२ लाख ३९ हजार अनुदान प्राप्त हुने उल्लेख छ । महानगरको कुल बजेटमध्ये प्रशासनिक खर्च २ अर्ब १५ करोड ४५ लाख रहेको छ भने सांसद विकास कोषबाट १४ करोड, पुँजीगत खर्च ४ अर्ब ७० करोड ९९ लाख ६० हजार रुपैंया रहेको छ ।

अन्नपूर्णको बजेट ५८ करोड, भोटेकुकुर संरक्षण गर्न २ लाख

भोटेकुकुर संरक्षणको बिशेष कार्यक्रम सहित कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड १० लाख रुपैयाँ बजेट प्रश्तुत गरेको छ । चालूतर्फ ४० करोड २० लाख र पूँजीगत तर्फ १७ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नेपाल सरकार र प्रदेशको समानीकरण अनुदान सहित ३१ करोड ७३ लाख, राजश्व बाँडफाँट (संघ) ८ करोड ७६ लाख, राजश्व बाँडफाँट (प्रदेश) २९ लाख, समपुरक अनुदान (संघ) ९ करोड ७० लाख, समपुरक अनुदान (प्रदेश), १ करोड २० लाख, अघिल्लो आर्थिक बर्षबाट अख्तियारी सारेर ल्याएको ४ करोड, आन्तरिक आम्दानी २ करोड ३० लाख, गरिवसँग विश्वेश्वर कार्यक्रमको ८ लाख र एलजिसिडिपी कार्यक्रमबाट ४ लाख गरि ५८ करोड १० लाखको आयब्यय सोमबार प्रश्तुत गरिएको हो ।

अनुमानित आम्दानीबाट सबैभन्दा धेरै बिषयगत समितिलाई २१ करोड १० लाख, गाउँपालिकाको पूँजीगततर्फ १७ करोड ९० लाख, सामाजिक सुरक्षा सहितको चालू खर्चमा १८ करोड ४३ लाख, गरिवसँग विश्वेश्वर कार्यक्रममा ८ लाख, एलजिसिडिपीमा ४ लाख र कन्टेन्जेन्सीतर्फ ५५ लाख रुपैयाँ विनियोजन भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर