• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

तेह्रथुममा एकसय बढि कांग्रेसका नेता तथा कार्यकर्ता नेकपा प्रवेश

तेह्रथुम । तेह्रथुमको फेदाप गाउंपालिका-२, ओयाकजुंङबाट नेपाली कांग्रेस पार्टी परित्याग गर्दै एक सय बढि नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

मुलुकको बिकासका लागी नेकपा नै अहिलेको उपर्युक्त पार्टी भएको भन्दै कांग्रेसका स्थानीय नेता तथा कार्यकता नेकपा प्रवेश गरेका हुन् ।

तेह्रथुममा आयोजित विशेष कार्यक्रमकाबीच नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य दुर्गा प्रसाद चापागाई(सचिन)ले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा केन्द्रिय सदस्य सचिनले बभिन्न पार्टीबाट नेकपा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित स्थान दिने बताए । उनले नव आगन्तुक कार्यकर्ताकाे अपेक्षालाई नेकपाले पुरा गर्नेकुरामा ढुक्क हुन समेत अनुराेध गरे ।

कार्यक्रममा  नेकपा प्रदेश कमिटी सद्स्य तथा तेह्रथुम जिल्ला अध्यक्ष एवम प्रदेशसभा सांसद लक्ष्मण तिवारी, प्रदेश सदस्य तथा जिल्ला सचिव ईन्द्र इम्सङ्ग(प्रकाश), जिल्ला समन्वय समिती सभापति शिव ढुङ्गाना, फेदाप गाउंपालिका  प्रमुख हरि चोङ्ग्बाङ्ग लगाएतको सहभागीता रहेको थियो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर