• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 08:30 pm

काठमाडौँ महानगरको बजेट पन्ध्र अर्ब पचास करोड

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ ।

महानगरको नगरसभाको पाँचौँ अधिवेशनको आज दोस्रो बैठकमा उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले चालू आव २०७५÷७६ को भन्दा १९ प्रतिशत बढी बजेट प्रस्तुत गर्नुभएको हो । चालू आवमा रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट प्रस्तुत गरिएको थियो । 

आन्तरिक आयतर्फ काठमाडौँ महानगरपालिकाको आफ्नै स्रोतबाट रु सात अर्ब ५६ करोड ६ लाख ३७ हजार प्रस्ताव गरिएको छ । जुन कूल बजेटको ५२ दशमलव ५८ प्रतिशत हो । बाह्य स्रोतबाट रु चार अर्ब १८ करोड ९० लाख महानगरको नाममा बैँकमा रहेको मौज्दातबाट रु दुई खर्ब ६२ करोड ९० लाख ९७ हजार तथा महानगरअन्तर्गतका आयोजनाबाट रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ । 

    यसैगरी बजेटको व्ययतर्फ पूँजीगत खर्च रु एक अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक र सुविधा खर्च रु एक अर्ब ४१  करोड ५ लाख, कार्यालय सञ्चालन खर्च रु ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च रु सात अर्ब ४३ करोड ९७ लाख ९२ हजार, सशर्त अनुदानबाट पूँजीगत खर्च रु तीन अर्ब ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनातर्फ रु एक अर्ब १२ करोड ८२ लाख ७० हजार रहेको छ ।
 
    दोस्रो बैठक सञ्चालन गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले उप–प्रमुख खड्गीलाई बजेट प्रस्तुत गर्न निर्देशन दिनुभएको हो । बजेटमा शिक्षातर्फ रु एक अर्ब ३४ करोड ९० लाख ५० हजार, सामाजिक विकास कार्यक्रमतर्फ रु एक अर्ब ५२ करोड १५ लाख ९० हजार, जनस्वास्थ्य सेवा कार्यक्रमतर्फ रु १२ करोड ३५ लाख ८२ हजार तथा प्रधानमन्त्री रोजगार  कार्यक्रमतर्फ रु पाँच करोड चार लाख ७७ हजार विनियोजन गरिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भौतिक पूर्वाधार समिति अनुगमनमा जाने

  • २७ कार्तिक, २०७६

बुटवल । प्रदेश पाँच संसदको  भौतिक पूर्वाधार तथा विकास समितिले प्रदेशमा सञ्चालनमा रहेका विभिन्न आयोजनाहरुको अनुगमन गर्ने भएको छ । समितिले कामको

सताक्षीमा धार्मिक पर्यटन महोत्सब सुरु, मुख्यमन्त्री राईद्वारा उद्घाटन

  • २७ कार्तिक, २०७६

झापा । ‘पर्यटन भ्रमण वर्ष २०२०’ को पनि प्रचार हुने उद्देश्यले नेपालमा पहिलो पटक गौ संरक्षणका लागि झापाको शिबसताक्षी नगरपालिका ११ मा बुधबारदेखी

भक्तपुर नेकपाको अभेद्य किल्ला भैसक्यो : उम्मेदवार डीपी ढकाल 

  • २७ कार्तिक, २०७६

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका तर्फबाट भक्तपुर १ (क) का उम्मेदवार डीपी ढकालले भक्तपुर नेकपाको  अभेद्य किल्ला भैसकेको बताएका छन् ।