प्रदेशको बजेट पारित हुने टुङ्गो छैन

कैलाली । सङ्घीय सरकारको बजेट पारित हुँदा प्रदेश सरकारको बजेटमा भने छलफल समेत सुरु भएको छैन । असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको बजेट चित्तबुझ्दो नभएको भन्दै प्रतिपक्षीले संसद् अवरुद्ध गरेपछि बजेटमा छलफल नै सुरु हुन नसकेको हो । प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले प्रदेश सरकारले ल्याएको बजेट उपयुक्त नभएको भन्दै संसद् बैठक मात्रै अवरुद्ध गरेनन् रातो कितावनै जलाए ।

बुधवार बिहान ८ बजेका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारले छलफलका नसकिएको भन्दै सभामुख अर्जुन बहादुर थापालाई प्रदेश सभा स्थगित गर्न आग्रह गरेपछि प्रदेश सभाको बैठक स्थगित गरिएको सभामुख थापाले बताए ।

 ‘बजेटमा केही असहमति रहेको भन्दै प्रदेश सभा बैठक सार्न आग्रह गरेपछि मैले बैठक स्थगित गरेको हुँ’, सभामुख थापाले भने । सभामुख थापाले अर्को बैठक १३ गते दिउँसो ३ बजे आह्वान गरेका छन् । यस अघि पनि दुई पटक प्रदेश सभाको बैठक स्थगित भइसकेको छ । 

बजेट  उपयुक्त नभएको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी राजपाले असार ५ गतेको संसद् बैठक स्थगित गरेका थिए । त्यसपछि ९ गते बैठक आह्वान गरिएको थियो ।


९ गतेको बैठक पनि प्रदेश सरकारकै आग्रहमा सभामुखले स्थगित गरेका थिए । प्रतिपक्षी दलका सांसदसँगै सत्तारुढ दलका सांसदहरूले पनि बजेटका विषयमा सरकारसँग रुष्ट भएपछि प्रदेश सरकारलाई समस्या परेको हो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सभा सदस्यहरूले यही अवस्थामा प्रदेश सरकारको बजेट पारित हुन नदिने चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर