• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

गुँरास गाँउपालीकाका सुत्केरी महिला भत्ता पाउनबाट बञ्चीत

दैलेख । गुराँस गाँउपालीका दैलेखका महिलाहरु सुत्केरी भत्ता पाउनबाट बञ्चीत भएका छन । सरकारले स्वास्थ्यचौकीमा आएर नियमति चेकजाँच गराई स्वास्थ्यचौकीमै आएर बच्चा जन्माएका महिलाहरुलाई सुत्केरी भत्ता दिने ब्यवस्था गरे पनि दैलेख गुरास गाँउपालीकाका महिलाहरुले भने यो सुवीधा पाएका छैनन् । गुरास गाँउपालीकाका महिलाहरुले  नियमित चेकजाँच गराई स्वास्थ्यचौकीमा बच्चा जन्माएबापत रु २ हजार यातायात खर्च र रु ८ सय गर्भवती प्रोत्साहन भत्ता गरी जम्मा रु २ हजार ८ सय पाउनुपर्ने हो । तर गएको मंसीर महिना देखी त्यहाँका महिलाहरुले त्यो पैसा पाएका छैनन् । 


गुँरास गाउपालीकामा पर्ने गोगनपानी स्वास्थ्यचौकीका प्रमुख सुवर्णराज केसीले गाँउपालीकाले समयमा यो रकम नपठाईदिएका कारण आफुहरुले सुत्केरी महिलाहरुलाई रित्तै  हात घर पठाउने गरेको बताए  । आफुहरुलाई गाँउपालीकाले समयमै बैङ्कमा खाता खोलेर खाता नम्वर टिपाउन भने पनि गाँउपालीकाको लेखाले रकम पठाउन आनाकानी गरेको सो गाँउपालीकाका स्वास्थ ईकाई प्रमुख निर भण्डारीले जानकारी दिए ।  

उनले भने, 'लेखा समिती सँग यो कुरा बारे बुझ्दा गाँउ पालीका का स्वास्थ प्रमुख निर भण्डारीले कागजातहरु बेलामा नै पेस नगरेकोले आफुहरुले सो रकम उपलब्ध गराउन नसकेको बताए । '

गुरास गाँउपालीका का स्वास्थ्य संयोजक नीर भण्डारीले आफुले माघ महीनामा नै कुन स्वास्थ्यचौकीमा कति डेलीभरी भयो सबै विवरण लेखामा पेश गरीसकेको बताउछन्  ।  बजेट हुदाहुदै पनी लेखाले के कारण ले नपठाईदीएको हो त्यो आफुले भन्न नसक्ने बताए  । 


सुत्केरी महिलाहरु डीस्चार्च हुँदानै उनीहरुले पाउनुपर्ने भत्ता दिन पाए उनीहरु खुसी हुने र प्रोत्साहीत हुने त्यहाँका स्वास्थ्यकर्मीहरुको भनाई छ । स्वास्थ्य चौकीमा गएको छ महिनामा बच्चा जन्माएर पनि अहिले सम्म सो रकम नपाएकी दुर्गा बिसी ले भनीन् , हामीलाई सुत्केरी भएको अबस्थामा गाँउपालीका र यो स्वास्थ्य संस्थाले कहिले पनि सो रकम सुत्केरी भएको अबस्थामा दिदैनन् । जहिले पनि एक बर्ष १० महिना पछि मात्र उलब्ध गराउने गरेको जानकारी दिईन् ।

नियमीत चेकजाँच गराएर स्वास्थ्य संस्थामै सुत्केरी गराउदा पनि आफुहरुले पाउनुपर्ने सुवीधा नपाएको  महिलाहरु बताउछन । सो स्वास्थ्य चौकीमा सुत्केरी हुन आएकी दीलमाया खत्रीले भनीन् । आफुलाई सो रकम दिन्छन् भन्ने थाहाँ छ तर धेरै महिना पछि मात्र दिन्छन् ।

खासमा कुनै पनि स्वास्थ्य चौकीमा बच्चा जन्माउने बित्तीकै दिने पोषण भत्ता एक पछि दिईदैन, तर दैलेखको गुराँस गाउँपालीकामा भने अघिल्लो बर्ष बच्चा जन्मायो भने पछिल्लो बर्ष मात्र पोषण भत्ता पाउने गरेको छन् । यो रकम नपाउनुमा गाँउ पालीकाको लेखा समिती र गाँउपालीकाका स्वास्थ्य कर्मचारीको लापर्बाहिले हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर