• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

छात्राहरुका लागि लोकसेवा आयोगको तयारी कक्षाको उद्घाटन

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले छात्राहरुका लागि लोक सेवा आयोगको तयारी कक्षाको उद्घाटन गरेका छन् ।  छात्राहरुलाई पनि सरकारी सेवामा प्रवेश गराउनका लागि सक्षम बनाउने उद्देश्यले प्रदेश सरकारले ल्याएको लोकसेवा आयोगको तयारी कक्षाको एक कार्यक्रमकाबीच मुख्यमन्त्री राउतले उद्घाटन गरेका हुन् । प्रदेश सरकारले यो योजना मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत कार्यान्वयनमा ल्याएको हो । 

जनकपुरधामको एक निजि क्याम्पस राजर्षि जनक क्याम्पसमा आयोजित एक समारोहका बिच तयारी कक्षाको उदघाटन गर्दै मुख्यमन्त्री राउतले समतामूलक समाज निर्माणका लागि छोरीहरुलाई पनि समान अवसर दिनु आवश्यक रहेको बताए ।

महिला र पुरुष बिच विभेद रहेको समाज कहिल्यै विकास गर्न नसक्ने भएकोले प्रदेश विकासका लागि प्रदेश सरकारले छोरीहरुलाई उच्च शिक्षामा समान अवसर दिने निति लिएर अगाडी बढिरहेको मुख्यमन्त्री राउतले जानकारी दिए । 

प्रदेश सरकारले लागु गरेको लोकसेवा आयोगको तयारी कक्षा राजर्षि जनक क्याम्पसमै संचालनमा ल्याउने तयारी गरिएको छ । जसमा एक सयभन्दा बढी छात्राहरुलाई सहभागिता गराइने बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर