विनियोजन विधेयक २०७६ राष्ट्रिय सभामा प्रस्तुत

काठमाडौं । विनियोजन विधेयक २०७६ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बुधबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भनि गरेको प्रस्ताव प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो ।

विनियोजन विधेयकका विभिन्न शिर्षकहरु माथिको छलफल र मन्त्रीहरुको जवाफका लागि असार १५ देखि २४ गते सम्मको समय निर्धारण गरिएको छ ।

यसअघि बुधबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देश सहति प्राप्त विनियोजन विधेयक २०७६ सभा समक्ष टेबुल गरेका थिए । राष्ट्रिय सभाको अर्को बैठक असार १५ गते आईतबार बिहान ११ बजेका लागि बोलाईएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर