मिल्याे 'गलबन्दी' विवाद, सपुत र राईबीच सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । गायक प्रकाश सपुतले गायको लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’ केही दिन देखि विवादमा परेको थियो । अब त्यो विवादको अन्तय भएको छ ।  सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो ।

सहमति अनुसार गलबन्दी लोक दोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।

गलबन्दीले प्राप्त गर्ने आर्थिक लाभ र रोयल्टी भने शम्भु राईले पाउने छैनन् । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने छन् । 

यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ ।  गायक शम्भु राईले यस गीतमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए ।
 


हेर्नुस् यस्तो छ सहमति : 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर