ट्रली बस र सफा टेम्पोलाई प्रवर्दन गरौं, ईन्धन आयात घटाऔं– मन्त्री पुन

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युतको अधिकतम प्रयोग गरेर ईन्धन आयात घटाउनुपर्ने बताएका छन् । ईन्धन आयात जति घटायो नेपालको व्यापार घाटा समेत त्यति कम हुने उनले फेहरिस्त पेश गरे । 

उनले भने, ‘नेपालमा पेट्रोलियम वस्तु आयातको अवस्था सन् २००७/२००८ मा ३६ करोड ४० लाख अमेरिकी डलरको रहेकोमा सन् २०१७/०१८ मा झण्डै १ अर्ब ५२ करोड डलरको आयात भएको छ। जुन १० वर्षयता पेट्रोलियम वस्तुको आयात चार गुणाले बढेको देखिएको छ।’ यसको अधिकांश हिस्सा यातायात क्षेत्रले ओगटेको मन्त्री पुनले बताए। विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्दा यातायात क्षेत्रमा आयात हुने इन्धनलाई समेत प्रतिस्थापन गर्न सकिने मन्त्री पुनको भनाइ थियो।

आगामी दिनमा नेपालमा विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवर्द्धन गरिने बताउदै मन्त्री पुनले त्यसले ईन्धन आपुर्ती समेत कम गर्ने बताए ।

राजधानीको ललितपुरको हिमालय होटलमा बुधबार आयोजित विद्युतीय सवारीसाधन प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री पुनले काठमाडौं उपत्यकामा यसअघि नै ट्रली बस र सफा टेम्पोको यातायात प्रयोग सफल भएकोले यसलाई आगामी दिनमा अझै प्रवर्द्धन गरिने बताए। 

विद्युतीय सवारीसाधन प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिदै मन्त्री पुनले भने, ‘नेपालसँग १ गिगावाटभन्दा धेरै जलविद्युत् क्षमता रहेको छ। एक वर्षमै हामी थप १ गिगावाट विद्युत् थप गर्छौँ। २.५ जीडब्ल्यु क्षमताको जलविद्युत निर्माणको चरणमा रहेको र आगामी चार वर्षमै यो पनि पूरा हुनेछ।’  कार्यक्रममा भारतीय नीति आयोगका प्रिन्सिपल एडभाइजर अनिल श्रीवास्तवलगायत उपस्थित थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर