• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मिडिया काउन्सिल विद्येयकको पत्रकार महासंघद्वारा सांकेतिक विरोध

तस्बिर : दिपेन्द्र ढुंगाना/समाचारदैनिक

काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै आन्दोलनरत नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको पक्षमा काठमाडौंमा सांकेतिक विरोध गरेको छ ।

महासंघले मंगलबार काठमाडौंको बसन्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक खारेज गर्न माग गर्दै बृहत कार्टुन प्रदर्शनी तथा कविता बाचन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रेस स्वतन्त्रताको पक्षमा कोरिएका कार्टुनहरु प्रदर्शनीमा राखिएको थियो । कविहरुले बिधेयकको विरुद्धमा कविता बाचन गरेका थिए । कार्यक्रममा महासंघले प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाजलगाएत प्रति आह्वान गरेको छ  ।

मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा आन्दोलन गरेको थियो । तर महासंघले उठाएका मागप्रति सरकारले कुनै संवोधन नगरेको भन्दै महासंघले  तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर