• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफलाई

कञ्चनपुर । प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएपले जितेको छ । महेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
सुदूरपश्चिमले दिएको ७२ रनको लक्ष्य एपीएफले १५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफका लागि इन्दु बर्माले २२, सीता रानामगरले १८ र ज्योति पाण्डेले १७ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा ९ विकेट गुमाउदै ७१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि रुबि पोदारले २४ र कविता कुवँरले २२ रन बनाए । उपाधिसंगै एपीएपले पांच लाख पुरस्कार जितेको छ ।

उपविजेता सुदूरपश्चिमले तीन लाख प्राप्त गर्‍यो । राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा असार ४ गतेबाट सुरु भएको प्रतियोगितामा सशस्त्र प्रहरी र सात प्रदेश गरि आठ टोलीको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर