• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एसइईको नतिजा सार्वजनिक हुँदैं

काठमाडाैं–परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको जनाएको छ । अब बोर्डको बैठक बसेपछि नतिजा प्रकाशन हुने कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताए ।

बिहीबार दिउँसो १ बजे बैठक डाकिएको छ । यसअघि बुधबार नै बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भए पनि पुनः परीक्षण नसकिएकाले बैठक सरेको हो ।

‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोरिओस् भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उपनियन्त्रक शर्माले भने, ‘कार्यालयले नतिजा प्रकाशनका लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । साधारणतया बोर्ड बैठक बसेपछि लगत्तै नतिजा प्रकाशन हुन्छ ।

यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले ढिला भएको हो । विगतमा जेठ मसान्तदेखि १–२ असारभित्रै एसइईको नतिजा प्रकाशन हुने गर्थ्यो । प्रदेश २ बाहेक सबै ठाउँमा १०–२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश २ मा भने बाँकी विषयको २२ देखि २९ चैतसम्म पुनः परीक्षा भएको थियो ।

एसइई परिक्षा हेर्न सहज बनाइने

साथै एसइई परिक्षा हेर्नका लागि नेपाल टेलिकमले सदाझैं विभिन्न सेवाहरु उपलब्ध गराएको छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसइईपछि सिम्बोल नम्बर टाइप गरी १६०० मा सन्देश पठाउनुपर्छ।

जस्तै: see<space>symbol No  टाइप गरी १६०० मा सन्देश पठाउने। यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ। 

यसबाहेक १६०० मा कल गरेर पनि एसइईको नतिजा प्राप्त गर्न सकिन्छ।

नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिनेछ। यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ। यसमार्फत मार्कसिटसमेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ। 

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिनेछ। एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको छ। यसका लागि दिउँसो राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर