• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विश्वकपमा क्रिकेट : न्युजिल्याण्डको पहिलो हार, पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले उपाधि दाबेदार राष्ट्र न्युजिल्याण्डविरुद्ध शानदार जित निकालेको छ । बिर्मिङघममा बुधबार भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितसंगै पाकिस्तानले शीर्ष चारमा रहदै विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

न्युजिल्याण्डले दिएको २ सय ३८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

पाकिस्तानको जितमा बाबर आजमले शतकीय इनिङ्स खेले । आजमले १२७ बलमा ११ चौकासहित अविजित रहदै १०१ रन बनाए । जारी विश्वकपमा उनको यो पहिलो शतक हो । यस्तै हरिस सोहिलले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै मोहमद हाफिजले ३२ रन जोड्दा इमाम उलहकले १९ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ड बोल्ट,केन विलियम्सन र लक्की फोर्गुसनले १र१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३७ रन  बनाएको थियो ।

मात्र ८३ रनमा पाँच विकेट गुमाएको न्युजिल्याण्डको इनिङ्सलाई जेम्स निशम र कोलिन डी ग्रान्डहोमले सम्हालेका थिए । दुवैले छैटौ विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेका थिए ।

ओपनर मार्टिन गुप्टि ५ रन कोलिन मुन्रो १२ रनमा आउट हुदाँ कप्तान केन विलियम्सन ४१ रनमा पोविलियन फर्किए ।

रोस टेलर ३ र टम लाथम १ रनमा आउट हुदाँ न्युजिल्याण्ड निकै खराब अवस्थामा थियो । त्यसपछि ब्याटिङमा आएका निशम र ग्रान्डहोमले न्युजिल्याण्डको ईनिङ्स उकासेका थिए  ग्रान्डहोम ६४ रनमा आउट हुदाँ निशम शतक बनाउन ३ रनले चुके । उनले १ सय १२ बलमा ५ चौथा र ३ छककाको मदतले ९७ रन बनाए ।

न्युजिल्याण्डलाई कम योगफलमा समेट्न साहिन साह अफ्रिदीले ३ तथा मोहमद आमिर र सादब खानले समान एक एक विकेट लिए ।

जितसंगै पाकिस्तानले ७ खेलबाट ७ अंक जोडेको छ । पाकिस्तान तालिकाको पाँचौं स्थानमा छ ।

पराजित न्युजिल्याण्डको ७ खेलबाट ११ अंक छ । न्युजिल्याण्ड दोस्रो स्थानमा छ  । न्युजिल्याण्डको पनि सेमिफाइनल सम्भावना बलियो रहेको छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर