• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विश्वकप क्रिकेट : भारतले आज वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दै

एकदिवशीय विश्वकपमा भारतले आज वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।  ५ खेलमा ४ जित हासिल गरिसकेको भारतका लागि अर्को एक जितले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । न्युजिल्याण्डसँग अपत्यासित रुपमा ५ रनको हार ब्यहोरेपछिको पहिलो खेलमा वेष्ट इण्डिजले भारतसँग खेल्दैछ ।

त्यस खेलमा वेष्ट इण्डिजको ब्याटिङक्रम ध्वस्त भइसकेको थियो । कार्लोस ब्रेथवेइटले केहि प्रभावशाली शटहरु प्रहार गरेपछि उसको जित आशा जागेको थियो । ६ खेलबाट ३ अंक जोडेको क्यारेवियन टोलीका लागि सेमिफाइनल आशा जीवित राख्न बाँकी तीनै खेल जितेर पुग्दैन, अरु टोलीको नतिजामा पनि भर पर्नुपर्छ । जारी विश्वकपमा अहिलेसम्म यस मैदानमा भएका ३ खेल पहिलो ब्याटिङ गर्ने टोलीले जितेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर