• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

'मन्त्रिमण्डल पुनर्गठनको बारेमा आफूले कुनै सोच बनाएको छैन'–प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने स्पष्ट पारेका छन् ।

जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले मन्त्रिमण्डल पुनर्गठनको बारेमा आफूले कुनै सोच नबनाएको बताएका हुन् ।  “पुनर्गठन गर्दा हुने हो तर, पुनर्गठनको कुनै सोच बनाएको छैन ।” उनले भने । 

फरक  प्रसंगमा उनले  बन्द हडताल, चन्दा असुली जस्ता काम विप्लव माओवादीले रोक्नुपर्ने जनाउँदै नरोकेमा सरकारले त्यस खालको अनुचित कार्य रोक्ने समेत बताए । प्रधानमन्त्री ओलीले सरकारले वार्ताको प्रयास गर्दा पनि सो समूह वार्तामा नआएको बताए ।  

उनले क्लिन फिडका सम्बन्धमा अहिले आएको नयाँ नीति सरकारले लागु गरेरै छोड्ने बताउँदै  केवल अपरेटरहरुले दबाब दिएकै भरमा सरकार पछि नहट्ने उल्लेख गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर