• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बाबुछोरीको मृत भेटिएको तस्वीरले विश्व हल्लायो, अमेरिका दबावमा

फाेटाे : गुगलबाट

रिपब्लिकनको बहुमत रहेको अमेरिकाको सिनेटले मेक्सिकोको सीमा क्षेत्रमा सहायता पठाउने सम्बन्धी एक विधेयकलाई पारित गरेको छ ।

सिनेटले अमेरिका प्रवेश गर्न चाहने शरणार्थीका कारण सीमा क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नका लागि आर्थिक सहायता सम्बन्धी विधेयक पारित गरेको हो । अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत भेटिएको फोटोले विश्वभर चर्चा पाएसँगै रिपब्लिकनको बहुमत रहेको सिनेटले विधेयक पारित गरेको हो ।

विधेयक पारित भएसंगै पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ । यसअघि डेकोक्रेटिकहरुको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटिभले पनि अमेरिकी आप्रवासी संस्थाहरुलाइ दिने भनिएको सहायता सम्बन्धी विधेयक अस्वीकृत गरेको थियो ।

शरणार्थी बाबुछोरीको मृत्युको घटनापछि दुबै सदनका विधायकहरु विधेयकमा पुनर्विचार गर्न दबावमा परेका छन् । आप्रवासीको मृत्यु, बन्दीहरुको खराव अवस्था र बन्दी केन्द्रमा राखिएका बालबालिकाको जोखिमपूर्ण अवस्थाले आप्रवासीप्रति लिइदै आएको अमेरिकी नीतिबारेको बहसलाई बढाएको छ ।


टीव्ट गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटहरुले खुला सीमाना चाहन्थे र खुला सीमाना भनेको मानिसहरु नदीमा डुबिरहनु हो भनेका छन् ।डेमोक्रेटहरुले दक्षिणी सीमामा समस्या छैन यो सबै कृतिम हो भनिरहँदा आज आफु सही भएको स्वीकार्न उनीहरु बाध्य भएको ट्रम्पले उल्लेख गरेका छन् ।


बाबुछोरी नदी किनारमा डुबेको उक्त तस्वीर अहिले विश्वभर भाइरल भइरहेको छ । तस्वीर अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरी नदीमा डुबेर मृत अवस्थामा भेटिएको हो। अमेरिका–मेक्सिको सीमाको नदीमा मृत भेटिएका बुवाछोरीको तस्विरले तरंग ल्याएको हो ।

मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा दुवैको शव भेटिएको हो । नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान छ। पत्रकार जुलियाले खिचेको सो तस्विरले विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ।

तस्बिरमा छोरी अझै आफ्नो पिताको ढाडमै छिन् । २३ महिनाकी उनी आफ्ना बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा देखिन्छन् । उनले एउटा हातले पिताको घाँटीमा समातेकी छिन् ।

न्युयोक टाइम्सका अनुसार मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर