वडाध्यक्षहरुले पोखरा महानगरको गेटमा ताला लगाउने

पोखरा । पोखरा महानगरका केही वडाध्यक्ष तथा सदस्यहरू महानगरले प्रस्तुत गरेको २०७६/०७७ को बजेटप्रति आक्रोशित बनेका छन् । उनीहरू नेपाली कांग्रेस निकटका हुन् । उनीहरूले बजेट वितरणमा पक्षपात भएको भन्दै महानगरको रातो (बजेट) किताव नै च्यातेका छन् । महानगरका केही वडाध्यक्ष तथा सदस्यले पोखरा महानरको पाँचौ नगरसभाको चौथो दिन बुधबारको छलफलपछि सभामा वितरण गरिएको महानगरको रातो किताव च्यातेर विरोध जनाएका हुन् ।

उनीहरूले बजेट विनियोजन समान नभएको भन्दै किताव च्यातेको बताए । सभामा किताव दिने बित्तिकै महानगरका ११ जना वडाध्यक्ष र सदस्यले उठेर विरोध गरेका थिए । उनीहरूको विरोधको बाबजूद पनि सभाका अध्यक्ष एवं महानगरका प्रमुख मानबहादुर जिसीले बजेट पारित गरेको घोषणा गर्दै सभा अन्त्य भएको घोषणा गरे ।

मेयर जिसीले सभा अन्त्य भएको घोषणा गरेपछि आक्रोशित अध्यक्षहरू झनै आक्रोशित हँुदै टेबल समेत फालेका थिए । उनीहरूले बजेट सच्याउनुपर्ने माग गर्दै विहीबार महानगरको गेटमा ताला लगाउने चेतावनी दिएका छन् । पोखरा–४ का वडाध्यक्ष शंकर बास्तोलाले बजेट एकलौटी रुपमा विनियोजन गरिएको बताए ।

उनले भने, ‘बजेटप्रति हाम्रो पूर्ण असहमति छ । त्यो सच्याउनुपर्छ । नसच्चिएसम्म हाम्रो विरोध रहन्छ ।’ पोखरा–११ का वडाध्यक्ष मोहन बाँस्तोलाले बजेटको विरोध गर्दै बिहीबार महानगरका तालबान्दी गर्ने जानकारी दिए ।

उनले भने, ‘रातो कितावमा बजेट विनियोजन गर्दा एक्लौटी र असमान रुपमा गरेको देखियो । त्यसैले बाध्य भएर किताव च्यातेका हौं । अब बिहीबार बिहान ९ बजे नै महानगरको गेटमा भेला भएर ताला लगाउछौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर