तीव्र विकासको गतिमा लैजान सामूहिक पहल– मेयर रेणु दाहाल

चितवन । भरतपुर महानगरपालिकाले चौथो नगर सभा  मेयर रेनु दाहालबाट प्रस्तुत नीति तथा कार्यक्रम, उपमेयर पार्वती शाह ठकुरीबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेटसँगै विभिन्न विधेयकहरु पारित गरेको छ ।

चौथो नगर सभालाई सम्वोधन गर्दै महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई तीव्र विकासको गतिमा लैजान सबैको सामूहिक चासो, चिन्ता र सक्रियता रहनुपर्ने बताउँदै सामूहिक भावनाका साथ अगाडि बढ्न आग्रह गरेकी छन् । 

प्रमुख दाहालले चौथो नगरसभाबाट पारित निति तथा कार्यक्रम र विनियोजित बजेट सही ढंगले प्रयोगमा ल्याउने बताउदै नगरको विकास, सुशासन कायम गर्न आफू केन्द्रीत भएको बताईन । 
सो अवसरमा उपप्रमुख पार्वती शाह ठकुरिले मानिसबाट जानेर वा नजानेर गल्ति कमजोरी हुने भन्दै आफू आउँदा दिनमा सहकार्यकै दिसामा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकीछन् । उपमेयर ठकुरीले न्यायिक प्रतिवेदन पेश गरेकी थिईन । 

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले महानगरपालिकाले प्रवाह गरेका विषय र योजनाहरुको बारेमा धारणा राखेका थिए । 

सम्पन्न सभाले भरतपुरका संस्थापक मेयर मुक्तिलाल चुकेको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । भरतपुर महानगरपालिकाको विशेष नापी गर्ने निर्णय गरेको छ । उत्पादनको क्षेत्रमा लगानी केन्द्रीत गर्ने निर्णय गरेको छ । शिक्षा, स्वास्थ्य र पर्यटनको विकास र विस्तारमा केन्द्रीत हुने प्रतिज्ञा गरेको छ । 

यसैगरी विकास निर्माणलाई दिघो पारदर्शी र गुणस्तरीय बनाउने निर्णय लिएको छ । कर्मचारीहरूलाई काममा केन्द्रीत गर्न प्रोत्साहनको व्यवस्था गर्ने निर्णय लिएको छ । महानगरपालिका हाताभित्र सुर्ति, चुरोट, खैनी, गुट्खाको प्रयोगमा निषेध गरेको छ ।

त्यस्तै सभाले आ.व. ०७६ र ०७७ को नीति तथा कार्यक्रम, आ.व. ०७६ र ०७७ को आय व्ययको विवरण, आ.व. ०७६ र ०७७ को अर्थ विधेयक, आ.व. ०७६ र ०७७ को विनियोजन विधेयक, राजश्व विधेयक २०७६, आर्थिक कार्य्विधि नियमित गर्न बनेको विधेयक २०७६, सार्वजनिक नियमावली, २०७६ लाई व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

यसैगरी सभाले भरतपुर महानगरपालिकाको नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७६, सार्वजनिक खरिद नियमावली २०७६ लाई व्यवस्था गर्न बनेको विधेयक, भरतपुर महानगरपालिकाको नगर विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७६ पारित गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शनिबार पहिलो नगर सभा समुद्घाटन गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर