• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मेरो देशलाई उपाधि दिलाएर मात्र सन्यास लिन्छु–मेसी

एजेन्सी । यसपालीको कोपा अमेरिकामा समेत निरासाजनक प्रदर्शन र उपाधि विहिन भएपछि धेरैले अनुमान गरेका थिए कि अर्जेन्टाईन स्टार लियोनल मेसीले फेरी पनि राष्ट्रिय टिमबाट सन्यासको घोषणा गर्लान । किनभने उनको विगत त्यस्तै ईमोशनल थियो ।

सन् २०१६ को कोपा अमेरिकामा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित भएपछि मेस्सीले तत्कालै राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेका थिए । तर, पछि चौतर्फी दबाब बढेपछि उनले सन्यास फिर्ता लिँदै टोलीमा फर्किएका थिए । तर यसपाली उनले परिपक्व अभिव्यक्ति दिएर विश्वभरका आफ्ना करोडौं फ्यानहरुलाई खुसी बनाएका छन् ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा आफ्नो टिम सेमिफाइनलमा ब्राजिलसँग पराजित हुँदै उपाधि होडबाट आउट भएपछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी निराश छन् । कप्तानको हैसियतमा आफ्नो टिमलाई उपाधि जिताउन नसकेका उनको अहिले आलोचना भइरहेको छ । अर्जेन्टिना प्रतियोगिताबाट आउट भएपछि कतिपयले मेस्सीले अब राष्ट्रिय टिमबाट सन्यास लिनसक्ने अड्कलबाजीसमेत गरेका थिए ।

तर, ३२ वर्षीय मेस्सीले यसबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । हाल ब्राजिलमै रहेका मेस्सीले अर्जेन्टिनी मिडियासँग कुरा गर्दै आफूले राष्ट्रिय टिमलाई निरन्तरता दिने प्रष्ट पारे । उनले आफ्नो टिमलाई उपाधि जिताउन नसक्दा ठूलो पीडा भएको स्वीकार्दै उनले तत्कालै टोली छाड्ने कुरा आफूले नसोचेको बताएका छन् । यसको अर्थ मेस्सीलाई अझै केही वर्ष राष्ट्रिय टोलीमा देख्न पाइनेछ ।

मेस्सीले अर्जेन्टिनी टिमलाई आफ्नो आवश्यकता पर्छ भने आफू सघाउन तयार रहेको बताए । उनले राष्ट्रिय टिममा युवा र राम्रा खेलाडी भएकाले टिमले ढिलो–चाँडो उपाधि जित्ने बताए । ‘राष्ट्रिय टिममा युवा र राम्रा खेलाडी छन् । उनीहरूले राष्ट्रिय टिमप्रति ठूलो प्रेम देखाएका छन् । यो टिमसँग खेल्न मलाई धेरै सहज अनुभूत भयो,’ मेस्सीले भने ।

मेस्सीले राष्ट्रिय टिमलाई आफूले करिअरको अन्तिम समयसम्म पनि उपाधि जिताउन प्रयास गर्ने बताए । ‘अझै पनि मैले राष्ट्रिय टिमलाई सहयोग गर्नुपर्छ भने म त्यो गर्न तयार छु । यतिबेला म निराश छु । तर, देशका लागि अझै खेल्न चाहन्छु । केही जित्न चाहन्छु,’ मेस्सीले भने, ‘म सधैं देशका लागि जित्न चाहन्थें ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर