• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 07:57 pm

विप्लव समूहको आक्रमणबाट पहिलोपटक प्रहरी मारिए

विप्लव कार्यकर्ताकाे गाेली प्रहारबाट मृत्यु भएका प्रहरी जवान सञ्जीव राई ।

भोजपुर । भोजपुरमा प्रहरीमाथि विप्लव समूहका कार्यकर्ताले गोली प्रहार गर्दा एकजना प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । भोजपुर सदरमुकामस्थित शनिबारे हाटमा अवस्थित पानधाने होटलमा रहेका प्रहरी जवान सञ्जीव राईको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । 

त्यस्तै, प्रहरीलाई गोली हानेर भाग्दै गरेका विप्लव कार्यकर्ता निरकुमार राईको पनि मृत्यु भएको छ । उनी विप्लव समूहका भाेजपुर जिल्ला इन्चार्ज हुन् । प्रहरीमाथि गोली हानेर भाग्दै गरेका निरकुमारको प्रहरीको गोली लागेर मृत्यु भएको हाे ।  

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले गोली प्रहारबाट प्रहरी जवान सञ्जीव र विप्लव कार्यकर्ता निरकुमारको मृत्यु भएको बताएका छन् । मृतक दुवैकाे शव जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।

प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।  अहिले भोजपुर बजार तनावग्रस्त रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको प्रजिअ खतिवडाले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
कृष्ण न्यौपाने लेख्नुहुन्छ २५ असार, २०७६ १:०७ pm

यो अनलाईमा कसले सम्पादन गर्छ ? विप्लब समूह मात्रै होइन यो एउटा सामन्ती भ्रष्ट राज्यलाई धक्का दिनसक्ने पार्टी समूह पार्टी लेख्ने गर्नुहोला

तपाईँको मत

नेपालको बिजुली बंगलादेश निर्यात हुँदै, तयारीका लागि त्रि-देशीय बैठक बस्दै

  • २७ कार्तिक, २०७६

काठमाडौं । नेपालमा उत्पादन गरिने बिजुली बंगलादेशसम्म पुर्याउनका लागि नेपाल भारत र बंगलादेशबीच छलफल हुने भएको छ । भारतीय ग्रिड प्रयोग गरी नेपाल र

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता

  • २७ कार्तिक, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब‌ंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरेका छन् ।  काठमाडौंको मेरियट होटलमा भएको

बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त

  • २७ कार्तिक, २०७६

काठमाडौं ।  नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बंगलादेश र नेपालबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त