महाकाली अञ्चल अस्पताल : आर्थिक वर्ष सकिन लाग्दा ७० लाखको ठेक्का सम्झौता

महेन्द्रनगर । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा उपकरण खरिदका लागि ठेक्का सम्झौता गरिएको छ । चाुल आर्थिक वर्ष सकिन करिब एक हप्ता मात्रै बाँकी रहँदा अस्पताले ७० लाखको उपकरण खरिदका लागी ठेक्का सम्झौता भएको हो ।

महाकाली अञ्चल अस्पताल स्टोर शाखाका लोकेन्द्र देव भट्टका अनुसार सिकलसेल्सका बिरामी उपचार उपकरण, आमा तथा शिशु सुरक्षा र बाल स्वास्थ्य शाखाका लागि उपकरण खरिद गरिन लागेको हो ।

जसका लागी अस्पतालले डिबी मेडीसिन सप्लार्यससँग ५० लाखमा गत मंगलबार ठेक्का सम्झौता गरिएको छ । त्यस्तै महाकाली अस्पतालले जेनेरेटर खरिदका लागी पनि ठेक्का सम्झौता भएको जनाएको छ । जेनेरेटरका लागि बिजय सप्लायर्ससंग २० लाखमा ठेक्का सम्झौता गरिएको स्टोर शाखाका भट्टको भनाई छ ।

उनले खरिदका लागि ठेक्का सम्झौता गरिएको उक्त उपकरण असार भित्रमा अस्पतालमा आईसक्ने दावि गरे । उपकरण खरिदका लागि बजेट ढिलो निकासा भएकाले खरिद सम्झौतामा ढिलाई भएको उनको कथन छ ।

अस्पतालमा सामाजिक विकासमन्त्री सुवेदी र राज्यमन्त्री रावलकोे संयुक्त अनुगमन
महाकाली अञ्चल अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, वन पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकास रावलले संयुक्त रुपमा अनुगमन गरेका छन् ।

बुधबार सुदूरपश्चिम प्रदेश स्तरिय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिताको उद्धघाटन गर्न महेन्द्रनगर पुगेका मन्त्री सुवेदी र राज्यमन्त्री रावलले संयुक्त रुपमा अस्पतालका अनुगमन गरे ।

अस्पताल सुधारका लागी गठित नागरिक सरोकार समुहको पहलमा मन्त्रीद्धारा अनुगमन गरिएको समाजसेवी लिलाध्वोज बस्नेतले बताए । बस्नेतको नेतृत्वमा नागरिक सरोकार समुहले पछिल्लो समय सक्रिय रुपमा अस्पताल सुधार कार्य गर्दैँ आएको छ । मन्त्री सुवेदी र राज्यमन्त्री रावलले उपकरण खरिद लगायन अस्पतालमा निर्माणधिन संरचनाको अनुगमन गरे ।

अनुगमनका क्रममा असपतालले निर्माण गरिरहेको बिरामी प्रतिक्षालय९कुरुवा घर० मापदण्ड विपरित पाईएको राज्यमन्त्री रावलले बताए । उनका अनुसार निर्माणधिन कुरुवा घर बिना पिलर निर्माण भईरकाले गुणस्तरीय काम गर्न निर्माण पक्षलाई निर्देशन दिईएको छ ।

प्रतिक्षालय निर्माणको जिम्मा पाएको रक्षा निर्माण सेवाले बिना पिलर कमशल खालका निर्माण सामाग्री प्रयोग गरेर संरचना तयार गरिहेको छ । ‘गुण स्तरहीन संरचना निर्माण कार्य रोक्न भनेका छौँ, ठेकेदार र ईन्जिनियरलाई बोलाएर गुणस्तरीय काम गर्न निर्देशन दिन्छौँ’ राज्यमन्त्री रावलले भने ।

त्यस्तै राज्यमन्त्री रावलले आगमी आर्थिक वर्षमा महाकाली अञ्चल अस्पतालका लागी उपकरण खरिद र संरचना निर्माणका लागी १० करोड बढी बजेट विनियोजन गरिएको बताउँदै बजेटको सही सदुपयोग गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

महाकाली अञ्चल अस्पतालमा लामो समय देखि विकास समिती गठन नहुदाँ लथालिङ्ग बनेको सरोकारवालाको भनाई रहेको छ ।

अस्पताल विकास समिति असार भित्रमा नै गठन गरिने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीले बताए । अस्पताल अनुगमनपछि मन्त्री सुवेदीले विकास समिति चाडैँ गठन गरि संस्थागत सुदृढिकरण तथा प्रभावकारी सेवा सम्पादनमा जोड दिईने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर