विप्लवका भेरी कर्णाली सदस्य सुर्खेतबाट पक्राउ
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका भेरी–कर्णाली सदस्य सुर्खेतमा प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी(कर्णाली सदस्य शिखर पहाडीलाई गएराति सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ पिपिरा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी प्रदीप क्षत्रीले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले सूचनाको आधारमा उनलाई प्रक्राउ गरेको हो ।
उनले भने, ‘सूचनाको आधारमा जाँच गर्दै गर्दा प्रहरीसँग वादविवाद गरेपछि मात्र थाहा भयो उनी चन्दका कार्यकर्ता रहेछन् ।’ उनी सदस्य सँगै रेड युथ फोर्सको अध्यक्ष समेत रहेको जानकारी पाइएको छ । अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
प्रतिकृया दिनुहोस