• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार रंगेहात पक्राउ

काठमाडौं  । सुनसरीको धरानस्थिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सहित दुई जना घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले उनीसहित अर्का डाक्टर रामहरी रौनियारलाई पक्राउ गरेको छ ।

अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाका अनुसार उनीहरु ८ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा धरानबाट पक्राउ परेका हुन्। उनलाई अख्तियारको टोलीले ८ लाख घुससहित कार्यालय परिसरस्थित उपकुलपति निवासबाटै रङ्गेहात पक्राउ गरेको हो ।

प्रवक्ता कोइरालाका अनुसार उनीहरु ८ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा धरानबाट पक्राउ परेका हुन्। 

 अख्तियारले भनेको छ,वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसन वापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग रू.८,००,०००।– (आठ लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित कार्यालय परिसरस्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।'

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर