• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

भानु जयन्तीमा राष्ट्रकवि घिमिरलाई सम्मान 

काठमाडौं । आज विश्वभर छरिएर रहेका नेपाली भाषीहरुले २०६औं भानुजयन्ती मनाइरहेका छन । भानुजयन्तीको अवसर पारेर नेपालमा भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । 

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उहाँकै कदबराबरको अभिनन्दनपत्रमार्फत सम्मान गरिएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई उहाँकै कदबराबरको अभिनन्दनपत्र प्रदान गरेर सम्मान गरेका हुन् । 

भानु प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद् सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद् मणिपुर, नेपाल जनसांस्कृतिक मञ्च कोलकाता, अखिल म्यान्मार देशीय हिन्दू धार्मिक संघ म्यान्मारले भानुजयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित अभिनन्दन पत्रद्वारा सम्मान गरेको हो । 

सो अवसरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले भानुजयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य र सुदीर्घायुको शुभकामना सन्देश पनि पढेर सुनाएका थिए ।

कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व राष्ट्रकवि घिमिरेले विश्वभरमा छरिएर रहेका नेपालीभाषीले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरेका छन् । उनले युगअनुसार नेपालीका बारेमा मात्र सोच्ने कविको रूपमा भानुभक्त आचार्यलाई चित्रण गरे । राष्ट्रकवि घिमिरेले विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषाको माध्यामबाट एउटै सूत्रमा बाँध्ने भानुभक्त आचार्य सबैका पूजनीय व्यक्तित्वको रूपमा सदा रहिरहनुपर्ने पनि उल्लेख गरे । 
त्यस अवसरमा राष्ट्रकवि घिमिरेले नेपाली भाषा र साहित्यप्रति माया गर्ने सबै नेपाली भाषीहरुप्रति सम्मान पनि व्यक्त गरे ।

यसअघि भानुजयन्तीकै अवसर पारेर राष्ट्रकवि घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई रथारोहण पनि गराइएको थियो । त्यसैगरी, काठमाडौंको कमलादीस्थित भानुभक्तको सालिकमा माल्यार्पणसमेत गरिएको थियो । माल्यार्पण समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका साहित्यिक व्यक्ति सहभागी थिए । 

रामायणलाई नेपालीमा अनुदान गरेर भानुभक्तले नेपाली भाषालाई एकताको सूत्रको बाँध्न पु¥याएको योगदान अतुलनीय रहिआएको छ । त्यसैगरी, आदिकवि भानुभक्त आचार्यले लेख्नुभएको वधु शिक्षा, प्रश्नोत्तरलगायतका साहित्यिक कृति नेपालीभाषीका लागि आज पनि उत्तिकै प्रिय छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर