• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अभिभावकको गाडी चोरेर फरार चार बालबालिका, दुई दिनपछि हजार किमी टाढा भेटिए

तस्विर : बिबीसी

एजेन्सी । अस्ट्रेलियामा चार बालबालिकाले अभिभावकको गाडी सुटुक्क चोरी आफैँ चलाएर करिब एक हजार किलोमिटर टाढा पुगेको अवस्थामा समातिएका छन् ।

१० देखि १४ वर्षका चार बालबालिका आफूखुशी कार चलाएर एक हजार किलोमिटर टाढा पुगेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आइतबार साँझ एक १४ वर्षीया बालक, १३ वर्षीया अर्का दुई बालक र एक १० वर्षीया बालिकाले परिवारकै एक गाडी लिएर हराएको रिपोर्ट प्रहरी कहाँ पुगेको थियो ।

रकह्याम्पटनबाट मोटर लिएर हिँडेका उनीहरु दुई दिनपछि झण्डै एक हजार किलोमिटर टाढा रहेको न्यू साउथवेल्स पुगेपछि प्रहरीले नियन्त्रण गरेको छ । रकम भुक्तानीविना नै इन्धन भर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । 

प्रहरी आउनासाथ उनीहरुले आफूलाई गाडीभित्रै बन्द गरेका थिए । ढोका खोल्न नमानेपछि मेकानिकको सहायतामा प्रहरीले ढोका खोलेर उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार तीन बालक र एक बालिकाको समूह उक्त गाडीमा फेला परेपछि सोधपुछ गर्दा उनीहरुले कार चोरेर हिँडेको पत्ता लागेको थियो । उक्त गाडी ती चार बालबालिकामध्येकै एकजनाको पिताको रहेको प्रहरीको भनाइ छ । 

उनीहरुले ‘पिकनिक’ शैलीमा घुम्न हिँडेको प्रहरीलाई बताएका छन् । उनीहरुले आ–आफ्नो घरबाट केही रकम, खाना, माछा मार्ने रडजस्ता सामानसमेत चोरेर लगेका थिए । तीमध्ये एकले आफ्नो परिवारलाई कतै घुम्न हिडेको सानो नोट लेखेर छोडेका थिए । 

‘यति लामो यात्रा तय गर्न कम्तिमा १० घण्टा लगातार गाडी कुदाएको हुनुपर्छ’, प्रहरी निरिक्षक डेरेन विलियम एक अस्ट्रेयाली समाचार एजेन्सीसँगभ भने, ‘यो एक लामो यात्रा हो । यो एक व्यक्तिका लागि लामो बाटो हो’ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर