• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बाढीमा डुब्यो कारागार, कलेजमा राखिएको छ कैदी–बन्दी

असम । भारतको पूर्वीय राज्य असमको धुबुरी जिल्लामा अवस्थित एक कारागार बाढीको चपेटामा परेपछि कैदीहरूलाई नजिकै रहेको गल्र्स कलेजमा स्थानान्तरण गरिएको छ । कारागारमा बाढी पसेपछि त्यहाँका कैदीबन्दीलाई सो कलेजसमा स्थानान्तरण गरिएको हो । 

कारागारमा रहेका चार सय एक पुरुष र आठ महिला कैदी सबैलाई कलेजमा राखिएको छ । कलेजलाई जेलमा रूपान्ततरण गरेपछि प्रशासनलाई सुरक्षा चुनौती थपिएको बताइएको छ । सोमबार साँझदेखिको बाढीले कारागारभित्र पानी पसेपछि कैदीहरूलाई कलेजमा सारिएको हो । अहिले पनि कारागार परिसरमा धेरै पानी जमेको छ । 

कारागार डुब्नुभन्दा अघि नै कैदीहरूलाई कहाँ सार्ने भन्ने चिन्ता बढिरहेका बेला कैदीहरूलाई कारागारबाट सय मिटर पर रहेको कलेजमा राखिएको कारागार प्रशासनले जनाएको छ । प्रहरी तथा जिल्ला प्रशासनले पहिले धुबुरी जिल्ला लाइब्रेरीमा कैदी राख्ने तय गरे पनि त्यहाँ पनि बाढी पसेपछि कैदीलाई कलेजमा राखिएको हो । 

कारागारभन्दा सय मिटर दूरीमा छ कलेज

कारागारमा बाढी पस्नेबित्तिकै कैदीहरूलाई हतारहतार कलेजमा ल्याइएको हो । कलेज जेलभन्दा सय मिटर मात्र दूरीमा छ । कलेजमा गर्मीको बिदा भएकाले पनि कैदीलाई त्यहाँ राख्ने कुनै कठिनाइ नभएको बताइएको छ । धुबुरीका डिआइजी रौनक अली हजारिकाका अनुसार जिल्ला प्रशासनले योे कलेजमा कैदीहरूलाई हतारहतार सारिएको हो । 

डेढ घन्टाभित्र कैदीलाई त्यहाँ सारियो

अधिकारीहरूले बताएअनुसार बाढीको पानी कारागारमा यति छिटो पसिरहेको थियो कि केही घन्टामा कारागार डुब्न सक्थ्यो र कैदीको ज्यान सक्थ्यो । पहिले प्रहरीले कलेजको चारैतिरबाट सुरक्षा दिइरहेका छन् । अहिले कलेज परिसरमा थप प्रहरी तैनाथ गरिएको छ । कैदीहरू भाग्न नपाउन् भनेर थप प्रहरी फोर्स मगाइएको छ । असम पुलिसले जतिसक्दो चाँडो यो समस्या समाधानको प्रयास गरिरहेको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर