• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

धनगढीमा विष्फोट, ५ जना घाइते

विप्लव समूहका कार्यकर्ता भएको अनुमान

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा शंकास्पद बस्तु विष्फोट हुंदा ५ जना घाइते भएका छन् । केहबेर अघि भएको विष्फोटनमा परी घाइते भएका हरुको पहिचान हुन सकेको छैन । 

 धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा केही बेर अघि विस्फोट हुँदा पाँच जना गम्भीर घाईते भएको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए। घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी नीरिक्षक पन्तले जानकारी दिए। घाईतेहरुको परिचय खुलेको छैन्। विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

विप्लव समूहका कार्यकर्ताले बोकेर हिडेको बम विष्फोट भएर उनिहरुनै घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेिएपनि प्रहरीले भने अनुसन्धान भइरहेकाे बताएकाे छ ।

 घाइते भएकाहरुले झोला बोकेको र उनिहरुको झोलामा समेत शंकास्पद बस्तु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  

याे पनि...धनगढी विस्फोट अपडेट : घाईतेको परिचय खुल्यो, घटना स्थलमा पेस्तोल भेटियो

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर