धनगढी विष्फाेट अपडेट : घाईतेको परिचय खुल्यो, घटना स्थलमा पेस्तोल भेटियो
धनगढी । धनगढीको शहिद गेटमा भएको विस्फोटमा परी घाईते भएका पाँचै जनाको परिचय खुलेको छ।
धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी घाईते हुने होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह रहेका छन्।
यस्तै अन्य घाईतेमा जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए।
घाइतेहरुको साथबाट पेस्तोल भेटिएपनि उनिहरु को हुन् र कहाँ संलग्न छन् भन्ने कुरा खुलिनसकेको प्रहरीले बताएको छ । प्रारम्भिक अनुसन्धानले सिलिण्डर बम विस्फोट गराएको देखिएपछि अन्तिम टुंगो भने लागेको छैन ।
प्रतिकृया दिनुहोस