• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

हङकङबाट पठाएको एक पोस्टकार्ड : २६ वर्षपछि आइपुग्यो त्यो पनि गलत व्यक्तिकोमा

एजेन्सी । अमेरिकाको इलिनोइसकी एक महिलाले आफ्नो मेलबक्समा २६ वर्ष पुरानो ‘पोस्टकार्ड’ प्राप्त गरिन् । सन् १९९३ मा हङकङबाट पठाइएको उक्त पोस्टकार्ड गत हप्ता उनको घर आइपुगेपछि उनी आश्चर्यमा परिन् ।

किम ड्रापर नामक उक्त महिलाले प्राप्त गरेको हङकङबाट आएको रहस्यमयी पोस्टकार्डका बारेमा सबैभन्दा पहिले गएको आइतबार ‘द स्टेट जर्नल–रजिस्टर’मा प्रकाशित भएको थियो । किमले सिएनएनसँगको कुराकानीमा उक्त पोस्टकार्ड पठाउने व्यक्तिको खोजी गर्ने बताएकी थिइन् ।

तर अब उक्त पोस्टकार्डका प्रेसक पत्ता लागेको छ । मासरोअर किजिलबास नामक व्यक्तिले सन् १९९३ मा विदेश(हङकङ)मा काम गर्दै गर्दा आफ्नो परिवारलाई पोस्टकार्ड पठाएको पत्ता लागेको छ । ‘द स्टेट जर्नल–रजिस्टर’का अनुसार, उक्त व्यक्ति आफूले काम गर्ने ठाउँप्रति आकर्षित भएको र आफ्नो अनुभवलाई परिवार कहाँ पुर्याउन चाहेका थिए ।

त्यस समय सेलफोन तथा इन्टरनेट वा अन्तराष्ट्रिय टेलिफोनको सुविधा निक्कै खर्चिलो हुने भएकोले उनले पोस्टकार्ड पठाएको बताएका छन् । 

किम ड्रापर

त्यस समय किजिलबासको परिवार स्प्रिङफिल्डमा बसोबास गर्थे, जहाँ किम ड्राफर पनि बस्छिन् । यद्यपि, किजिलबासलाई सँधै लाग्यो आफ्नो परिवारले पोस्टकार्ड प्राप्त गरिरहेका छन् । 

सामाजिक सञ्जालको माध्यमबाट किम ड्रापरले किजिलबासका छोरा ‘मोहम्मद किजिलबास’लाई भेटिन्, जो हाल सिकागोमा बस्छन् । 

अब किम ड्रापर उक्त पोस्टकार्ड टेलिभिजन शो मार्फत् मोहम्मदलाई दिन चाहान्छिन् । यदि त्यसो भएन भने उनी सिकागो जानेछिन् र आफ्नै हातले पोस्टकार्ड मोहम्मदको परिवारलाई दिनेछिन् । 

किम डार्परले उनले आफ्नो घरमा सो पोस्टकार्ड डेलिभरी हुँदा गलत ठेगानामा आएको भन्ने सोचेकी थिइन् । 

उनले सोचिन् - नचिनेको कुनै छिमेकीको होला किनकि त्यो एकदम राम्रो अवस्थामा थियो । तर पछि उनले राम्ररी भित्र हेर्दा १९९३ मा पठाइएको थाहा भयो । उनी आश्चर्य चकित भइन् ।

त्यसको मिति १९९३ को रहेको र त्यसमा परम्परागत चिनियाँ जहाजहरुको तस्बिर रहेको छ । उक्त पोस्टकार्ड लिना र मुहम्मद अलि किजिलबासका नाममा लेखिएको थियो । 

म यो एकदमै भीडभाड ठाउँमा राम्ररी समय बिताइरहेको छु । तिमीहरुलाई छिट्टै भेट्नेछु, तिम्रो बुबा – पोस्टकार्डमा लेखिएको थियो । यसका साथै पठाउने व्यक्तिले आफू बसेको स्थानलाई विस्तृतमा व्याख्या गर्दै दुवैलाई धेरै सम्झिएको भनि उल्लेख गरेका थिए ।

किम आफ्नो १२ वर्षे छोरा र पतिसँग सो घरमा बसेको चार वर्ष भएको छ तर उनले पहिलोपटक यस किसिमको मेल फेला पारेकी थिइन् । उनका अनुसार सो कार्ड वास्तविक ठेगानामै आइपुगेको थियो, तर दुई दशक ढिला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर