• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भारतको विभिन्न राज्यमा भूकम्पकाे धक्का

एजेन्सी । भारतका  विभन्न राज्यमा शनिबार बिहानैदेखि भूकम्पकाे धक्का महसुस गरिएकाे छ । भारतकाे अरुणाचल प्रदेश, हिमाञ्चल प्रदेश, महाराष्ट्रलगायतका राज्यमा शनिबार भूकम्पकाे गएकाे हाे ।

भारतको उत्तरपूर्वीय राज्य अरुणाचल  प्रदेशमा शनिबार बिहान स्थानीय समयअनुसार ४ः२५ मा भूकम्प गएकोे हो । भारतको मौसम विभागका अनुसार ५.५ रेक्टर स्केलको भूकम्प गएको हो । अरुणाचल प्रदेशको पूर्वी क्षेत्र कामेङ भूकम्पको केन्द्रबिन्दु भएको बताइएको छ । यसका अतिरिक्त शनिबार बिहान भारतको हिमाञ्चल प्रदेश, सोनीपत तथा महाराष्ट्रमा पनि भूकम्प गएको थियो । 

भारतको राजधानी दिल्लीसँग जोडिएको हरियाणाको सोनीपत जिल्लामा शनिबार बिहान भूकम्पको महसुस गरिएको थियो । जानकारीअनुसार शनिबार बिहान स्थानीय सयमअनुसार ७ बजेर ४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको केन्द्रबिन्दु सोनीपतभन्दा पाँच किलोमिटर टाटा रहेको बताइएको छ । 

त्यसैगरी, शनिबार बिहान नै महाराष्ट्रको पालघरमा ९ बजेर १७ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पको महसुस छिमेरी राज्यहरुमा पनि गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर