• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘पूर्वप्रेमी/प्रेमिका’ जस्तै व्यक्ति नै तपाईको परफेक्ट पार्टनर हुनसक्छन् !

सांकेतिक तस्विर

एजेन्सी । ‘उनीहरु म जस्तो छैनन्’ – यो वाक्य हामी सबैले कसको मुखबाट सुनेको छौँ, त्यो कुनै नजिकको साथीसँगको कुराकानीका क्रममा होस् वा कुनै रोमान्टिक फिल्मको संवादमा । 

तर, यो आधुनिक समयमा सम्बन्धको बारेमा व्यापक रुपले सायदै कसैले जाँच गरेको छ कि के ‘म जस्तो’ वा ‘मेरो प्रकारको’ जस्ता वास्तवमै कुनै चीज छ ? अर्थात् के कोही अर्को कोही जस्तो हुन्छ ?

एक नयाँ अध्ययन भन्छ - ‘विगतको तपाईको व्यक्तित्व विषेशताले भविष्यमा कस्तो व्यक्तिसँग डेट गर्न चाहानुहुन्छ भन्ने बारेमा भविष्यवाणी गर्छ । र तपाईको पूर्वप्रेमी/प्रेमिका नै तपाईको परफेक्ट पार्टनर हुनसक्छन् ।’ 

शोधकर्ताहरुले जर्मनमा गरिएको एक अध्ययन (जर्मनी परिवारको प्यानल)को उपयोग गरी एक आंकलन गरे । जसमा १२ हजार बढी सहभागी थिए । लामो समय लगाएर गरिएको यस अध्ययन नितान्त व्यक्तिगत परिपाटीमा आधारित थियो ।
 
यी सहभागीलाई पाँच विशेष व्यक्तित्वसँग मेल गराइयो । पाँच व्यक्तित्व विशेषतामा अनुभवका लागि खुल्लापन, कर्तव्यनिष्ठा, बहिर्मुखी,  समर्थन गर्ने र मनोविक्षुब्धता थिए । 

९ वर्षे अवधिमा अध्ययनकर्ताले अध्ययनमा सहभागीको प्रेम सम्बन्धको स्थितिलाई ट्र्याक गरे । यी सहभागीहरुलाई आ–आफ्नो व्यक्तित्वलाई लिएर प्रश्नावली बनाई आ–आफ्नो जोडीलाई भर्न लगाइयो । 

सो ९ वर्षको अवधि र हजारौँ प्रश्नावलीपछि अध्ययकर्ताले ३३२ सहभागीमा अध्ययन समापन गर्यो । यी ३३२ सहभागीका कम्तिमा दुई वटा रोमान्टिक जोडी थिए, जो अध्ययनका दौरान खुशी थिए । 

सहभागीहरुको यो संख्यामा निक्कै ठूलो गिरावटका बाबजुत यसबाट ठोस निष्कर्ष निकाल्नका लागि भने यो पर्याप्तभन्दा बढी डाटा हो । 

अध्ययनको परिणाम यस्तो देखियो – अध्ययनमा सहभागीको व्यक्तित्वलाई लिएर उनीहरुको वर्तमान जोडी र पूर्वजोडी(पूर्वप्रेमी वा प्रेमिका)को वर्णन गर्ने तरिका समान पाइयो । यद्यपि, धेरैजसो मानिसको विश्वास छ – उनीहरुको व्यक्तित्व समयसँगै परिवर्तन हुन्छ । 

जो सहभागीले अनुभवका लागि खुल्लापन र बहिर्मूखी व्यक्तित्वमा बढी नम्बर ल्याए, उनीहरुमा आफू र आफ्ना पूर्वजोडीहरुको जस्तो व्यक्तित्व भएको जोडी छान्ने सम्भावना कम देखियो । त्यसैले, यदि हामी जे जान्दछौँ त्योभन्दा बाहिर कदम राख्न तयार छौँ र जब हाम्रो सम्बन्धहरुले हामी को हौँ भन्ने बुझाउँछ भने यसले संसारलाई हेर्ने नयाँ तरिकाको खोज्ने अवसर पनि दिन्छ ।

यस अध्ययनमा समानता दुई जोडीबीच मात्रै भेटियो । तर, २९ सहभागी जसका दुई भन्दा बढी पार्टनर थिए, उनीहरुको परिणाम पनि समान आयो । अध्ययनकर्ताका अनुसार, सहभागीको पार्टनरहरुको व्यक्तित्व मात्रै समान थिएन, विगत र हालको उनीहरुको व्यक्तित्वमा पनि समानता थियो । 

तपाई सहमत हुनुहुन्छ वा हुनुहुन्न ? तपाई सक्रिय रुपले साथीको खोजीमा हुनुहुन्छ भने तपाई आफ्नो पूर्वजोडीको व्यक्तित्वसँग मिल्दोजुल्दो साथी मनपराउनु हुन्छ । 

सम्बन्धको खोजी गर्न निक्कै सजिलो हुन्छ, त्यसमा पनि जसले हामीलाई आफू के चाहान्छु भन्ने आफ्ना विचारहरुमाथि पकड बनाउन अनुमति दिन्छ ।

हामी आफन्त तथा साथीभाईसँग कुराकानी गरिरहेका समयमा हाम्रो आफ्नो व्यक्तित्व पनि अपेक्षाकृत किन स्थिर हुन्छ ? भन्ने बुझ्न तपाई आफ्नो पार्टनरमा आफूलाई खोज्ने प्रयास गर्दा केही मद्दत मिल्नेछ । 

यद्यपि, तपाईले सोचेको सामान्य प्रकारको व्यक्तित्व भएको व्यक्तिभन्दा फरक व्यक्तित्वसगको संगतले तपाईलाई संसारलाई नयाँ तरिकाले हुर्ने अवसर प्रदान गर्छ । 
यो शोधले अनलाइन डेटिङमा सम्भावति पकड जमाउन सक्छ । यस अध्ययनका अनुसार, डेटिङ एप्सले हाम्रो सम्बन्धको इतिहासको उपयोग गरी भविष्यका खोज्नमा मद्दत गर्नसक्छ । 

यो अध्ययनमा सम्बन्धहरु कति समयसम्म चले भन्नेबारे स्पष्ट समयावधी दिइएको छैन र यस्तो कार्यविधिले भविष्यमा काम गर्छ वा गर्दैन भन्न्ने पनि कुनै ग्यारेन्टी छैन । तर, यस अध्ययनले कुनै पनि सम्बन्धमा अत्याधिक समानताले जोडीबीच अगाडी बढ्ने कुरामा निराशा उत्पन्न गाराउँन सक्छ भन्छ । 

एकातिर, भर्खरै विवाह भएको श्रीमान् वा श्रीमतीले आफ्नो वर्तमान पार्टनर र पूर्वप्रेमी/प्रेमिकाबीच समानता देखाउँछ भने उक्त विवाहित व्यक्ति(पार्टनर)का लागि यस्तो व्यवहार असह्य हुनसक्छ । र यसरी देखाइएका समानताले चिन्ता र नैराश्यता मात्रै उत्पन्न गराउन सक्छ । 

त्यस्तै अर्कातिर, आफ्नो वर्तमान पार्टनर जो आफ्नो पूर्वप्रेमी/प्रमिका जस्तै छ, यसले सम्बन्धमा बाधिने प्रक्रियालाई अझ सजिलो पनि बनाउँछ र कुराकानीको सकारात्मक बनाउन सहयोग पुर्याउँछ । 

त्यसैले, सम्बन्धविच्छेदको दर उच्च हुनुमा ‘ऊ म जस्तो थिएन’ जस्ता प्रवृत्तिलाई दोष दिनुहुँदैन । आत्मीय साथी खोज्नका लागि यस्ता अध्ययन पर्याप्त छैनन् । र हामी कोसँग रोमान्टिक सम्बन्धको चरणमा पुग्छौँ भन्ने कुरालाई प्रभावित पार्ने अन्य तत्वहरु पनि छन् । 

जो व्यक्तिसँग तपाई आफ्नो धेरैजसो समय बिताउन मन पराउनुहुन्छ, तपाईले महशुस गरेको भन्दा बढी ऊ तपाईसँग मिल्दोजुल्दो व्यक्तित्वको हुन्छ ।

तर, आश्चार्यचकित नबन्नु होला, यदि तपाईको सम्बन्धको अर्को ‘अपडेट’ वास्तवमा अहिलको सम्बन्ध जस्तो भयो भने !

(ब्रुनाई विश्वविद्यालय लण्डनका मनोवैज्ञानिक प्राध्यापक स्टेन्ली गाइनेस ‘द कन्भर्सेसन’का लागि लेखेको लेखमा आधारित)
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर