• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भीरबाट खसेर मृत्यु

सोलुखुम्बु । खुम्बु पासाङ ल्हामू गाउँपालिका–२ नाबुङसिद्धि जंगलस्थित भीरबाट लडेर एक व्यक्तिको ज्यान गएको छ । खर्कबाट फर्कने क्रममा शुक्रबार साँझ (६.३० बजे) भीरबाट लडेर नरबहादुर निरौलाको ज्यान गएको हो । 

उनीसँगै आएका राम वली मगर र निमा सार्कीमध्ये वलीसँग सामान्य विवादपछि लछारपछार हँुदा निरौला भीरबाट करिब २ सय मिटर तल खसेका थिए । खोला किनारमा खसेका अन्दाजी ३८ वर्षीय निरौलाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए ।

घटनामा संलग्न वली र शेर्पालाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । घटनास्थलमा प्रहरी निरीक्षक देउप्रसाद लिम्बुको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर