• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

ट्विटरले बन्द गर्यो इरानी समाचार एजेन्सी अकाउन्टहरु !

एजेन्सी । माइक्रोब्लगिङ वेबसाइट ट्विटरले केही इरानी समाचार एजेनसीका अकाउन्टहरुलाई बन्द गरेको छ । 

‘बहाई’ धर्मसँग जोडिएका मानिसलाई निशाना बनाएका कारण केही अकाउन्टहरुलाई यस विरुद्ध कारबाही गरेको ट्विटरले बताएको छ ।

इरानमा लामो समयसम्म दमन झेलेको बहाई समुदाय अल्पसंख्यक समुदाय हुन् । ट्विटरले बन्द गरेको अकाउन्टको नाम सार्वजनिक गरेको छैन, तर यस मुद्दालाई लिएर जाँच जारी रहेको बताएको छ । 

इरानी सरकारी समाचार संगठनहरुको अकाउन्टमा अंग्रेजी भाषामा भनिएको छ – अकाउन्टहरु बन्द गरिएको छ । ट्विटरले नियमहरुको उल्लंघन गर्ने अकाउन्टलाई बन्द गरेको छ । 

इरानको मेहर संवाद समितिले आफ्नो फारसी भाषाको अकाउन्ट शुक्रबार रातिबाट बन्द गरेको बताएको छ । अकाउन्ट बन्द गर्नअघि यस समितिले होरमुज जलडमरुमध्यमा ट्यांकर जफत गरेको खबर दिएको थियो । 

मेहर संवाद समितिको फारसी भाषाको ट्विटर पेजबाहेक सरकारी संवाद समिति आईआरएनए र ‘योङ जर्नलिस्ट क्लब’को पज पनि शनिवारदेखि खुलेको छैन । 

त्यस्तै विदेश नीतिलाई लिएर साक्षात्कार तथा विश्लेषणहरु प्रकाशित गर्ने मेहरको ‘मेहर डिलेमेसी’ नामक ट्विटर अकाउन्ट पनि अफलाई रहेको उसले बताएको छ । 

बन्द गरिएका अकाउन्टका कुनै पनि प्रयोगकर्ताले ट्विटरको यस कदमका लागि उनीहरुलाई कुनै पनि कारण बताएको भने खुलाएका छैनन् । 

इरानमा ट्विटर प्रतिबन्ध छ, तर थुप्रै अधिकारीहरु ट्विटर प्रयोग गर्छन् । उनीहरु ‘भर्चुअल प्राइभेट नेटवर्क’को माध्यमबाट ट्विटर प्रयोग गर्ने गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर