छवि र शिल्पाविरुद्ध हेमाले हालिन् बहुविवाहको मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमा एक–अर्कालाई दोष लगाइरहेका निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचमा भइरहेको घटनाले अब नयाँ मोड लिने भएको छ । सामाजिक सञ्जालमा एक–अर्कालाई दोष लगाइरहेका उनीहरूविरुद्ध मुद्दा दायर भएको छ । 

उनीहरूलाई छविराज ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान् छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेलविरुद्ध बहुविवाहको मुद्दा हालेकी हुन् । 

हेमाले श्रीमान ओझा र सौता पोखरेलेविरुद्ध आइतबार महानगरीय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्दा दायर गरेकी हुन् । अधिकवत्ता स्वागत नेपाललाई लिएर हेमाले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी हुन् । पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान् र कान्छी श्रीमती शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेकाे हेमाले निवेदनमा खुलाएकी छिन् ।

शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै श्रीमान् छविराज ओझाविरुद्ध प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । साथै केही दिनपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्स फाइल गरिन् । छविकी जेठी श्रीमती हेमाले बहुविवाहको मुद्दा दायर गरेपछि छवि शिल्पाको कहानीले नयाँ मोड लिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर