• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आत्मरक्षाका लागि श्रीमानले सुत्नेकोठामा लगायो सिसिटिभी, मनिटर सासुको कोठामा !

तस्विर : दि इन्डियन एक्सप्रेस

एजेन्सी । सुन्दा अचम्म लाग्नसक्छ, भारतको त्रिपुरामा एक महिलाले सुत्ने कोठा लगायत घरका कुनाकुनामा सिसिटिभी क्यामेरा लगाएको भन्दै आफ्ना श्रीमानविरुद्ध राज्य महिला आयोगमा उजुरी दिएकी छिन् । 

भारतीय सञ्चारमाध्यमकाअनुसार, त्रिपुरा जिल्लाको प्रतापगढस्थित साधुतिल्ला गाउँका यी जोडीले तीन वर्षअघि विवाह गरेका थिए । 

विवाहअघि दाइजोमा केही नचाहिने बताएका उनको श्रीमानको परिवारले विवाह भएको केही समयपछि दाइजो नल्याएको भन्दै तनाव दिन थालेको महिलाको दावी छ ।
 
त्यसपछि, महिलाको माइतीका परिवारले एक पैतृक जमिन बेचेर पाएको दुई लाख भारु दाइजोस्वरुप दिए, तर पनि दुख दिन भने छोडेनन् ।

श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा क्यामरा राखेको महिलाले बताएकी छिन्, जसपछि उनले घर छोडेर माइती गइन् ।

महिलाका अनुसार, मुख्य प्रवेश गेटमा, सासुको कोठामा, बैठक कोठामा र उनीहरुको बेडरुममा पनि सिसिटिभी क्यामेरा राखेका थिए । क्यामराको मोनिटर सासुको कोठामा गरिएको थियो, जहाँबाट निगरानी राखिन्थ्यो । 


यसबारे महिलाका श्रीमानसँग सोधपुद्ध गर्दा आफू निर्दोष भएको र दाइजोको कहिले पनि माग नगरेको बताए । श्रीमतीले घर छोड्ने तयारी गरिरहेका बेला आफूले जेल पठाउने धम्की दिएको र उनले त्यसैको बदला लिइरहेको श्रीमानले बताए । 

श्रीमतीले उल्टै आफ्नो आमा र आफन्तसँग दुर्व्यवहार गर्ने गरेकाले आत्मसुरक्षामा सिसिटीभी क्यामरा लगाएको उनले बताए । उनले आइपरेको खण्डमा प्रमाणका लागि सिसिटीभी क्यामेरा लगाएको बताए ।

महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई गम्भीर अपराध बताएकी छिन् । उनले १७ जुलाईमा दुई पक्षको कुरा सुनेर दुवैलाई ४५ दिनको समय दिएको बताएकी छिन् । 

यसबीच, श्रीमानले श्रीमतीको दैनिक गुजाराका प्रत्येक महिना तीन हजार भारु दिन भनिएको गोस्वामीले बताइन् । 

भारतमा व्यक्तिगत प्रयोजनका लागि सिसिटिभी क्यामेरा लगाउने पाइन्छ र यसका लागि कुनै प्रकारको अनुमती पत्र लिनु पर्दैन । तर, यदि कसैको निगरानी राख्नका लागि प्रयोग भयो भने यसलाई अपराध मानिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर