• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भारतको ‘चन्द्रयान–२ सेप्टेम्बरमा चन्द्रमामा अवतरण गर्ने (भिडियो)

तस्विर : वेब

नयाँदिल्ली । भारतको अन्तरिक्ष अनुसन्धान एजेन्सी ‘आइएसआईओ’ले ‘मुन मिस’अर्न्तगत चन्द्रयान–२ को सफल प्रक्षेपण गरेको छ । प्रक्षेपण पछि यसलाई चन्द्रमाको सतहमा अवतरण गराउने सबैभन्दा ठूलो मिसनको सुरुवात भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

‘आइएसआईओ’ले आन्द्रा प्रदेशस्थित श्री हरिकोटाबाट सोमबार दोस्रो मुन मसनअर्न्तगत चन्द्रयान–२ प्रक्षेपण गरेको हो । प्रक्षेपण गरिएको १६ मिनेटमा नै चन्द्रया पृथ्वीको कक्षामा स्थापित भएको छ । 

र करिब ५० दिनपछि ६देखि ८ सेप्टेम्बरमा चन्द्रमाको सतहमा चन्द्रयान–२को अवतरण प्रक्रिया सुरु हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर