• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

तिलगंगा आँखा अस्पताललाई ‘डब्लुएचओ’ को मान्यता

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रूपमा मान्यता दिएको छ । २५औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा एक कार्यक्रमबीच विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो । 

आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकाले सो अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेर मुलुकको समृद्धिको अभियानमा पनि महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा पु¥याएको योगदानको पनि खुलेर प्रशंसा गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सदा तयार रहेको बताएका थिए । 

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिए । उनले आँखाको स्वास्थ्य सेवालाई अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै ‘आँखा एकाइ’ व्यवस्था गर्ने घोषणा गरे । 

कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक रुइतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गराए । हालसम्म ६० लाख आँखा रोगीको उपचार गरेको तथा चार लाखभन्दा बढीको आँखाको शल्यक्रिया गरिएको पनि सो अस्पतालको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर