प्रभु बैकको नयाँ एप, विदेशी मुद्राको सटही मोबाइलबाटै

काठमाडौं । प्रभु बैकले विदेशी मुद्रा सटही सुविधालाई मोबाईल मार्फत अनलाईन आवेदन गर्न सकिने एप्लीकेसन "Prabhu Easy Forex" सचालनमा ल्याएको छ । 

प्रभु बैक लिमिटेडले  सोमबार पत्रकार सम्मेलन गरि "Prabhu Easy Forex" बारे जानकारी गराएको हो । बैक सम्मै पुगेर सटहीको आवेदन गर्नुपर्ने लामो प्रक्रियालाई ू "Prabhu Easy Forex" ले प्रविधिमैत्री तथा सरलीकृत गर्ने विश्वास बैकले लिएको छ ।


 "Prabhu Easy Forex" मोबाईल एप हाल प्ले स्टोरबाट सजिलै डाउलोड गर्न सकिने छ । यो एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाईन आवेदन गर्न सकिनेछ । बैकले तुरुन्तै आवेदकलाई एसएमएस मार्फत सटही हुन सक्ने÷ नसक्ने जानकारी गराउनुको साथै सटहीको व्यवस्था हुने भएमा शाखा वा काउण्टरको पनि जानकारी दिनेछ । 

बैकले  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित बैकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था मिलाईएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर