सिंहदरबारमा राष्ट्रिय वाणिज्य बैंक, सभामुख महराले गरे उद्घाटन

काठमाडौं । सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उक्त शाखाको उद्घाटन गरे । 

शाखा उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले संघीय संसदका सांसद, कर्मचारी सबैलाई बैंकिङ सेवा दिने उदेश्यले शाखा स्थापना गरेकोमा बैंक र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई धन्यवाद समेत दिए । सांसदहरुले सरकारी बैंक नै स्थापना गर्न माग गरेपछि सरकारको पहलमा सो बैंक संसद सचिवालय परिसरमा स्थापना भएको उनले सो अवसरमा स्मरण समेत गराए ।

सभामुख महराले राष्ट्रिय वाणिज्य बैंकले नेपालको अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान दिईरहेको पनि बताए । 

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले छ महिना भित्रै प्रभावकरी ढंगले शाखामा संचालन गर्ने योजना रहेको जानकारी दिए । उनले बैंकले आफ्नो सेवालाई प्रभावकारी बनाउन नयाँ जनशक्ति र प्रविधिको विकासमा जोड दिईरहेको समेत बताए ।

हाल राष्ट्रिय वाणिज्य बैंकले देशका सबै जिल्लाहरुमा आफ्नो शाखा कार्यालय विस्तार गरी वित्तीय सेवा प्रदान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर