खैरहनी नगरपालिकाद्वारा कार्यप्रगतिको विवरण सार्वजनिक

फाइल तस्वीर

चितवन । चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्यप्रगतिको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले गरेका कामहरु सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको हो ।

गत वर्ष खैरहनीले ५.८५ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । उनका अनुसार चालु खर्च तर्फ ८२.०५ प्रतिशत र पूजीगत तर्फ ८९.६५ प्रतिशत खर्च भएको छ । समपुरक केही योजना वैशाख मात्रै प्राप्त हुनु,काम सम्पन्न भएको योजनाको भुक्तानी नहुनु,विटमिनका कारण केही सडक पिच हुन नसक्दा खर्च कम देखिएको खैरहनीका मेयर लालमणी चौधरीले वताए ।

वडागत १६ वटा योजना समेत गत आर्थिक वर्षमा सम्पन्न हुन सकेन । १६ वटा मध्ये ६ वटा वडा खैरहनी ११ कै सम्पन्न नभएका हुन् । पत्रकार भेटघाटमा मेयर चौधरीले चालु आर्थिक वर्ष २०७६÷०७७ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल संचालन गर्ने,आँखा अस्पताल निर्माणको प्रक्रिया अगाडी वढाउने वताए ।

जनप्रतिनिधी निर्वाचित हुनु अघि १ करोड रुपैया पनि आन्तरीक राजस्व संकलन नगरेको खैरहनीले २ वर्षको अवधिमा आन्तरीक राजस्व संकलनमा ठुलो फड्को मारेको मेयर चौधरीको भनाई थियो । गत आर्थिक वर्षमा खैरहनीले झन्डै साँढे १२ करोड रुपैया आन्तरीक श्रोतबाट राजस्व संकलन गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर