रणवीर र दिपीका फेरी एकैसाथ काम गर्दै

एजेन्सी ।  लुभ रञ्जनको निर्देशनमा बन्न लागेको एक्सन जनराको चलचित्रमा रणवीर कपुर र अजय देवगण एकसाथ देखिन लागेका छन् ।

तर अहिलेसम्म नायिकाको भने टुंगो लागेको थिएन । अब भने चलचित्रको लागि नायिका पनि फाइनल गरिएको छ । यो चलचित्रका लागि नायिकाद्वय दीपिका पादुकोण र नुश्रात भरुषा पक्का भएका छन् ।

निर्माणपक्ष र दुई नायिका बिच लिखित सम्झौता पनि भइसकेको छ । चलचित्रमा कसको जोडी को भन्ने खुलाइएको छैन । बुझिए अनुसार रणवीरले दीपिकासँग रोमान्स गर्नेछन् । कुनै समय उनीहरुबिच गहिरो प्रेम थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर