मुख्यमन्त्रीलाई आएको निमन्त्रणामा मन्त्री र सांसदको टोली चीन जाने

बुटवल । प्रदेश नं. ५ को मन्त्रिपरिषद्को सोमवारको  बैठकले दुई वटा कार्यविधि स्वीकृत गरेको छ । बैठकले खानेपानी सरसफाई तथा स्वच्छता (वास) कार्यविधि र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी कार्यविधि स्वीकृत गरेको हो । 

सरकारका प्रबक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार त्यस बाहेक उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको नेतृत्वमा चीन भ्रमणमा जाने सदस्यहरुको भ्रमण स्वीकृत गरेको छ ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई आएको भ्रमणको निम्तोमा मुख्यमन्त्री पोखरेल नगई मन्त्री गिरीको नेतृत्वमा टोली जाने भएको हो । चीनको गान्सु प्रान्तको निमन्त्रणमा भदौं १० गतेदेखि १६ गतेसम्म हुने सात दिने भ्रमणलाई मन्त्रीपरिषद् बैठकले स्विकृति दिएको छ ।

भ्रमण टोलीमा अर्थ, उद्योग तथा वातावरण समितिका सभापति दधिराम न्यौपाने, नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्री, सांसदहरु बाबुराम गौतम, सरस्वती गौतम, मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनन्ज्वय पौडेल, कर्मचारी कृष्ण केसी, लुम्बिनी प्रादेशिक अस्पतालका डा. सागर न्यौपाने रहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर